back
CTIZAN AD

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

वि.सं.२०८३ वैशाख ३० बुधवार

318 

shares

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गरिने भएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्र राजमार्ग (गड्डाचौकी–अत्तरिया–चिसापानी) सडक सीमा सडक केन्द्रबाट २५÷२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा, संरचना हटाउन १५ दिनको समयसीमा तोकेको छ ।

सडक विभागको स्वीकृतिबिना अस्थायी÷स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सडक किनाराको नालामा मिसाउनेलगायतका कार्य नगर्न आग्रहसमेत गरेको छ ।

जारी सूचनामा राजमार्गको सडक क्षेत्रमा बनेका अस्थायी÷स्थायी संरचना, टहरालगायत अन्य संरचनाहरु भत्काउन वा हटाउन १५ दिनको समय दिइएको छ । तोकिएको समयावधिभित्र सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने चेतावनीसमेत दिइएको छ ।

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०८ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...