back
CTIZAN AD

लिबियाली हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु

वि.सं.२०७६ साउन २१ मंगलवार

699 

shares


२१ साउन । युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार उक्त आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् ।

मुर्जुक नगरपालिकाका परिषद सदस्य मोहमद ओमारले युद्धरत विभिन्न पक्षबीच मेलमिलाप गराउन आयोजना गरिएको बैठकस्थलमै हवाई आक्रमण भएको बताए। आक्रमणमा ४० जनाभन्दा बढीको घटनास्थलमै मृत्यु भएको पनि उनले जानकारी दिए ।

ओमारले मारिएका सबै व्यक्ति सर्वसाधारण रहेका र उनीहरुको कुनै पनि लडाकू समूहसँग आबद्धता नरहेको बताए ।

राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले आक्रमणको भत्र्सना गर्दै आक्रमणमा जिम्मेवारलाई सख्त कारबाही गर्न राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेको छ ।

गत फेब्रुअरीदेखि मुर्जुकलाई नियन्त्रणमा लिइरहेका पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्षले मुर्जुकमा सक्रिय चाडका लडाकूहरुमाथि हवाई आक्रमण गरिरहेको तर मुर्जुकका स्थानीयबासीलाई लक्षित नगरिएको जनाएको छ ।

लिबियाको राजधानी त्रिपोलीलाई आफ्नो नियन्त्रणमा ल्याउन हफ्तार नेतृत्वको विद्रोही सेनाले भिषण युद्ध गरिरहेको छ । यस द्वन्द्वबाट एक हजारभन्दा बढीको ज्यान गइसकेको छ । आक्रमणमा झण्डै छ हजार घाइते भएका छन् भने एक लाख २० हजारभन्दा बढी विस्थापित भएका छन् । (रासस)

वि.सं.२०७६ साउन २१ मंगलवार १५:३० मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...