back
CTIZAN AD

प्रहरीद्वारा मानवाधिकारवादीलाई सोधपुछ गरिएकोप्रति ध्यानाकर्षण

वि.सं.२०७६ साउन २२ बुधवार

837 

shares


२२ साउन, काठमाडौँ । राष्ट्रियसभाका सांसदले मानवाधिकारवादीहरुलाई प्रहरीले टेलिफोनमार्फत गरेको सोधपुछप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले मानवाधिकारको क्षेत्रमा स्थापित व्यक्तित्व दमननाथ ढुङ्गाना, कृष्ण पहाडी र चरण प्रसाइलाई प्रहरीद्वारा अनपेक्षित प्रश्न सोधाएर आमजनमानसमा भय–त्रास सिर्जना गर्न खोजेको त होइन भनी प्रश्न गरे।

सांसद अधिकारीले मानवाधिकारीवादीलाई प्रहरी प्रधान कार्यालयबाट अज्ञात प्रहरीले टेलिफोन गरी कुन संस्थामा आबद्ध हुनुहुन्छ भनी सोधेको विषयसम्बन्धी समाचारप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद डा बिमला राईले सरकारी नीति भए पनि नेपाली टेलिभिजनहरुका समाचारमा पढ्न र सुन्न नसक्ने व्यक्तिको सुसूचित हुने अधिकारका लागि आवश्यक मात्रामा दोभाषेको व्यवस्था नभएको गुनासो गरे । उनले सबै टेलिभिजनलाई कम्तीमा दिनमा एक पटकको समाचारमा दोभाषेको व्यवस्था गर्ने नीतिको पालना गराउन माग गरे ।

सांसद सुमनराज प्याकुरेलले हालैको बाढी र डुबानबाट पीडित जनताको जमीनमा वर्षे खेती नहुने अवस्था रहेकाले हिउँदे खेतीको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । (रासस)

वि.सं.२०७६ साउन २२ बुधवार १४:३३ मा प्रकाशित

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...