२२ साउन । श्रमिक आपूर्ति सम्बन्धी कारोबार गरिरहेकाहरुलाई श्रमिक आपूर्तिकर्ताको इजाजत लिन आग्रह गरिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जरुरी सूचना जारी गर्दै कम्पनी ऐन अनुसार दर्ता भई श्रमिक आपूर्ति सम्बन्धी कार्य गर्ने गरी स्वीकृति पाइ पानमा दर्ता भएको ३ महिनाभित्र श्रमिक आपूर्तिकर्ताको इजाजत लिनु पर्ने जनाएको हो । सो समयभित्र श्रमिक आपूर्तिकर्ताको इजाजत नलिए त्यस्ता कम्पनीउपर कार्वाही हुने बताएको छ ।

साथै विभागले २०७५/०७६ मा श्रमिक आपूर्तिकर्ताको इजाजत नलिएका श्रमिक आपूर्तिकर्ता कम्पनीहरुले पनि जरिवाना तिरी श्रमिक इजाजतपत्र लिन सकिने सूचनामा उल्लेख छ ।
वि.सं.२०७६ साउन २२ बुधवार १६:२२ मा प्रकाशित






























