back
CTIZAN AD

नेकपाको स्कुलिङ बिभागमा नयाँ दावी

वि.सं.२०७६ साउन २२ बुधवार

990 

shares

२२ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा स्कुलिङ बिभाग प्रमुखका लागि नया दावी थपिएको छ ।

पार्टीले स्कुलिङ बिभागको प्रमुख बन्ने अवसर प्रदान गरेमा ९ वटा प्रतिबद्धता पूरा गर्न संकल्प सहित दावी सार्वजनिक गरीएको हो ।

अध्ययन अनुसन्धान नगरिकन बोल्नु हुँदैनु भन्ने कुरालाई पार्टीमा गहिरो गरी स्थापित गरिने, सम्पूर्ण पार्टी सदस्यहरु स्कुलिङ बिभागको सदस्य बन्नु पर्ने प्राबधान राखिने, स्कुलिङ बिभागको सदस्यबाट निस्कासन गरिएमा पार्टी सदस्यबाट पनि निस्कासन भएको मानिने, पार्टीको जिम्मेवार पदमा बसेर अबैज्ञानिक, यथार्थवादी र हावा कुरा गर्ने तथा जनता झुक्याउने नेताहरुलाई चेतावनी दिने र पुन : त्यस्तो प्रबृत्ति देखिएमा निस्कासन समेत गरिने, पार्टीका नेता कार्यकर्ताहरुलाई दिइने सैद्धान्तिक, राजनीतिक तथा दार्शनिक प्रशिक्षणलाई नियमित र ब्यबस्थित बनाइने बताइएको छ ।

यसैगरी पार्टीको कार्यनीति र रणनीतिलाई एउटा सिलसिलामा हेर्ने, बुझ्ने र लागु गर्ने कामलाई दृढतापूर्वक कार्यन्वयन गरिने, पार्टीको कार्यदिशाका बारेमा गरिने प्रशिक्षणको अलावा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित बिषयका ख्याती प्राप्त बिज्ञहरुद्वारा बिज्ञान प्रबिधी, कानुन, उद्योग, ब्यापार, कृषि लगायत बिबिध बिषयहरुको ज्ञानका साथै अन्तरराष्ट्रिय बिकास र प्रचलनका बारेमा पनि प्रशिक्षण गराइने, देशको सीमा, सन्धि सम्झौता, बैदेशिक सम्बन्ध, कुटनीतिक हैसियत र सम्मानित व्यबहारका बारेमा पार्टीलाई प्रशिक्षित गरिने, पार्टीका नेताहरुबाट बिदेशी खुफिया एजेन्सीका मान्छेहरुसंगकौ भेटघाटलाई कुटनीतिक भेटघाटको हैसियत दिन खोज्ने प्रबृ्रत्तिलाई स्कुलिङ बिभागबाट निरुत्साहित गरिने, राष्ट्रिय अन्तरराष्ट्रिय बिषय र घटनाक्रमका बारेमा अपडेट गर्नुको साथै आफ्नो देशले त्यस्ता बिषयहरुमा कस्तो दृष्टिकोण राख्ने भन्नेबारेमा ततकाल बिज्ञहरुको बिचमा छलफल बहश गराएर सम्बन्धित निकायहरुलाई चुस्त दुरुस्त रहन आग्रह गर्ने, देशलाई पार्ने प्रभावहरुका बारेमा अध्ययन गर्ने गराउने, स्कुल बिभागले अध्ययन, अनुसन्धान र छलफल गरी बिकास गरेका कुराहरुका बारेमा सबै जनताहरुलाई सुसुचित गराउने निती लिइने, नेपाल अहिले आफ्नो पुनर्जागरणको अवस्थामा भएकोले नेपाल र नेपालीको यस अभियानमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरबाट सकारात्मक भूमिका खेलिरहेका नेपालीहरुका बारेमा गर्ब गर्ने, जनतालाई जानकारी गराउने र प्रेरित गरिने, अन्तरराष्ट्रिय क्षेत्रमा बिसिष्ट ज्ञान हासिल गरेर नेपालमा योगदान गर्न चाहने नेपालीहरुलाई आवश्यकता अनुसार स्कुलिङ बिभागसँग पनि जोडने कोशीश गरिने लगायतका ९ प्रतिबद्धता सार्वजनिक गरीएको छ ।

यस्तो प्रतिबद्धता सार्वजनिक गर्ने ब्यक्ति त्रिभुवन बिश्वबिध्यालयका प्राध्यापक राजन पोखरेल हुन् । बैज्ञानिक समाजवादबारे ब्याख्या बहश चलाउन रुचि गर्ने उनी लामो समयदेखी माओबादी आन्दोलनमा जोडिएर आएका ब्यक्तित्व हुन् ।

वि.सं.२०७६ साउन २२ बुधवार १७:२८ मा प्रकाशित

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...