२३ साउन, काठमाडौ । समय आधुनिक क्रिकेट क्यालेन्डरमा कसैको लागि पर्खिरहेको छैन ।
कप्तान विराट कोहली आफनो Old Trafford हार्ट ब्रेकको एक महिना भन्दा कम समयमानैँ Guyana मा पहिलो एकदिवसीय खेलका लागि नेतृत्व गर्दैछन् । वेस्टइंडीज विरुद्ध भएको ३ वटा टि–२० खेलमा भारतले ३–० ले क्लिनस्वीप गरेको थियो ।
वेस्टइंडीज र भारतका बिचमा भएका पछिल्ला ५ एकदिवसीय खेल हेर्दा भारतले ३ वटामा जित निकाल्न सफल भएको थियो भने वेस्टइंडीजले १ मा र १ खेल बराबरीमा रोकिएको थियो ।
पहिलो एकदिवसीय खेलमा भारत महेन्द्र सिंह धोनी बिना मैदानमा उत्रदै छ । महेन्द्र सिंह धोनीको स्थानमा रिसभ पंतले खल्ने मैका पाउने छन् । वेस्टइंडीजका लागि भने उनका प्रमुख ब्याट्सम्यान क्रिस गेल खेलका लागि उपलब्ध हुने छन् । नेपाली समय अनुसार खेल राति ७ः१५ बाट सुरु हुने छ ।
भारतको सम्भावित इलेवन : रोहित शर्मा, शिखर धवन, विराट कोहली©, केएल राहुल, श्रेयस अंएर, रिसभ पंत (WK), रबीन्द्र जडेजा, भुवनेश्वर कुमार, मोहम्मद शमी, कुलदिप यादव, खलील अहमद ।
वेस्टइंडीजको सम्भावित इलेवन : इभिन लुइस, क्रिस गेल, शाई होप (WK), निकोलस पुरान, शिमरोन हेटमायर, कार्लोस ब्रथवेट, जेसन होल्डर©, फ्याब्रियन एलेन, शेल्डन कोट्ल, ओशेन थोमस ।
वि.सं.२०७६ साउन २३ बिहीवार १४:४५ मा प्रकाशित


























