back
CTIZAN AD

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

वि.सं.२०८२ फागुन ३ आइतवार

3.3K 

shares

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित भएकी छन् । काठमाडौँको मनमैजुस्थित एन्जल्स हार्ट माध्यमिक विद्यालयले आफ्नो ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उनलाई सम्मानपत्र प्रदान गर्दै विशेष सम्मान गरेको हो ।

२०८१ माघ १ गते आस्थाले ७ वर्ष ३ दिनको कलिलो उमेरमै अन्तराष्ट्रिय योग प्रशिक्षकका रूपमा विश्व रेकर्ड कायम गरेकी थिइन् । भारतकी बालिका जिया गुप्ताले ७ वर्ष १६५ दिनमा बनाएको कीर्तिमान तोड्दै उनले नयाँ इतिहास रचेकी हुन् ।

अस्ट्रेलियास्थित महायोग ग्लोबल कलेजबाट २०० घण्टाको विशेष योग शिक्षक प्रशिक्षण सफलतापूर्वक पूरा गरेपछि उनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेकी हुन् । सानै उमेरदेखि योग साधनामा समर्पित आस्थाको निरन्तर अभ्यास, पारिवारिक साथ र गुरुको मार्गदर्शनले आस्थालाई उचाइमा पुर्‍याएको हो ।

विद्यालयका प्राचार्य धनबहादुर पुनले आफ्नै विद्यालयकी छात्राले विश्व कीर्तिमान राख्दा गर्वको अनुभूति भएको बताए । आस्थाले विद्यालय मात्र नभई राष्ट्रकै गौरव बढाएको उल्लेख गर्दै उनले संस्कार, अनुशासन र साधनाप्रतिको समर्पण अनुकरणीय रहेको बताए । साथै प्राचार्य  पुनले आस्थाको उज्ज्वल भविष्यको कामना गर्दै घिमिरे परिवार र प्रशिक्षकलाई बधाई दिए ।

विश्व शान्ति बालसंस्कार कुञ्जका संयोजक तथा योग प्रशिक्षक त्यागी अनिल मारुतले आस्थाको सफलताको जग बलियो पारिवारिक वातावरण र विद्यालयको सहयोग रहेको बताए ।

आस्थाले पनि परिवारका सबै सदस्य योग साधनामा सक्रिय रहेकाले आफूलाई सानै उमेरमा ठूलो उपलब्धि हासिल गर्ने प्रेरणा मिलेको बताइन् ।

गुरु मारुतको कुशल प्रशिक्षण र आध्यात्मिक मार्गदर्शनले आफूलाई प्राविधिक र मानसिक दुवै रूपमा सशक्त बनाएको उनको भनाइ छ ।

पिता श्याम घिमिरेले छोरीको ऐतिहासिक सफलताको श्रेय प्रशिक्षक मारुतको समर्पणलाई जाने बताए । आस्थाका पिता श्याम, माता बिना र दिदी आरोसी स्वयं पनि योग प्रशिक्षक रहेका छन्, जसले घरमै साधनाको वातावरण सिर्जना गरेको छ ।

आस्थाको कीर्तिमानलाई Yoga Alliance International ले आधिकारिक रूपमा प्रमाणित गरेको थियो । उनलाई मास्टर योग टिचर आचार्य राजन शर्मा (भीमसेन सापकोटा) र परीक्षा बोर्ड निर्देशक सिन्डी आबु हैदरले संयुक्त रूपमा उपाधि प्रदान गरेका थिए ।

सानो उमेर, ठूलो सपना र अटुट साधनाका साथ अघि बढेकी आस्था आज नेपाली बालप्रतिभाको प्रेरणादायी प्रतीक बनेकी छन् ।

वि.सं.२०८२ फागुन ३ आइतवार ०७:३६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...