२४ साउन, काठमाडौँ । संघीय निजामती सेवा ऐन जारी गर्ने विषय पेचिलो बन्दै गएको छ । संसद्मा छलफल क्रममा रहेको विधेयकमा कतिपय विषय लामो समयसम्म टुंगिन नसक्दा यो विषय पेचिलो बन्दै गएको हो ।
ऐनको रुप दिन संसद्मा दफावार छलफलको क्रममा रहेको विधेयका कतिपय विषयमा सांसदबीच सहमति जुटु्न सकेको छैन । संसद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समेत छलफल जारी राखेको छ ।
विधेयकले ऐनको रुप लिन समय लाग्दा कर्मचारी भर्ना तथा सेवा सर्त तोक्ने सन्दर्भमा समस्या देखिएको छ । संघीय सरकारले तयार गरेको निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका आधारमा प्रदेश र स्थानीय तहले कानुन निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेहुन्छ ।
संघीय सरकारले संघीय निजामती सेवा ऐन ल्याउन नसक्दा प्रदेश र स्थानीय तहले पनि कर्मचारी प्रशासनसम्बन्धी कानुन ल्याउन सकेका छैनन् । शुक्रबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ साउन २४ शुक्रवार ०७:५५ मा प्रकाशित




























