back
CTIZAN AD

लागुऔषध सहित रिमाल र श्रेष्ठ पक्राउ

वि.सं.२०७६ साउन २४ शुक्रवार

882 

shares


२४ साउन, नवलपरासी । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।

लुअअसा ७३१ नंको कारमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । पक्राउ परेका उनीहरुको साथबाट डाइजोपामा १३० एम्पुल, नुफिन १३० एम्पुल र फेनेरागन १३० एम्पुल गरी ३९० एम्पुल लागुऔषध बरामद गरिएको छ ।

रुपन्देही निवासी राजकुमार श्रेष्ठ कार चालकका रूपमा रहेकाले उनको लागुऔषध ओसारपसारमा संलग्नता भए÷नभएको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए। लागुऔषधसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

नवलपरासी जिल्ला लागुऔषध कारोवारीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । भारतीय सीमाक्षेत्र नवलपरासीको त्रिवेणी, महेशपुर, झोलनीपुरलगायतका क्षेत्रबाट लागुऔषध नेपाल भित्र्याउने र यहाँबाट देशका अन्य विभिन्न जिल्लामा पु¥याउने गरेको विभिन्न समयमा पक्राउ पर्ने लागुऔषध ओसारपसारकर्ताले बताउने गरेका छन् । भैरहवा नाकाबाट समेत लागुऔषध भित्र्याउने गरेको र नवलपरासीका विभिन्न स्थानमा राख्ने र अन्यत्र पु¥याउने गरेको पाइएको प्रहरी निरीक्षक अधिकारीले बताए।

प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रणका लागि राजमार्गमा विशेष जाँच गर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताए। उनका अनुसार चितवन, नवलपरासीका युवा प्रायः ओसारपसारकर्ताका रूपमा पक्राउ पर्ने गरेका छन् । (रासस)

वि.सं.२०७६ साउन २४ शुक्रवार १०:४० मा प्रकाशित

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका...

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गुल्मी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर (दाङ) । शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको...

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष...

एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ । जिल्लाको तुलसीपुरमा नेकपा ( एमाले) को झण्डा जलाएको...