back
CTIZAN AD

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

वि.सं.२०८२ फागुन ११ सोमवार

507 

shares

तुलसीपुर (दाङ) । शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै गएको छ । तुलसीपुरमा प्रतिदिन एक करोड लिटर खानेपानीको माग छ । तर, अहिले ५४ लाख लिटर मात्रै आपूर्ति हुने गरेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाले बताए ।

“माग धेरै छ, एक करोड लिटर दैनिक माग हुन्छ”, उनले भने, “तर, अहिले पानीका मुहान घट्दै गएका छन्, त्यसले गर्दा पु¥याउनै हम्मे–हम्मे पर्ने गर्छ ।” अहिले किसानलाई सिँचाइका लागि पानी दिनुपर्ने, पानीका मुहान घट्दै जाने अवस्था भएपछि यस्तो समस्या हुने गरेको कोषाध्यक्ष थापाको भनाइ छ । उनका अनुसार अब पालो–पालो गरेर पानी दिनुपर्ने अवस्था छ । “दुई दिन पानी दिइरहेकालाई एक दिन र एक दिन दिइरहेकालाई केही दिन बिराएर पानी दिनुपर्ने अवस्था रहेको छ”, उनले भने, “पानी नपर्दासम्म यस्तै समस्या रहने अवस्था छ ।”

यस्तो अवस्थामा ट्याङ्करबाट भए पनि पानी उपलब्ध गराइने उनले बताए । तुलसीपुर खानेपानीले वर्षात्को समयमा ८५ लाख लिटरसम्म खानेपानी आपूर्ति गर्दै आएको छ । वर्षातमा पानी प्रयाप्त हुने भए पनि कुनै मुहानको धमिलो पानी हुने भएकाले काट्नुपर्ने अवस्था रहेकाले ८५ लाख लिटर मात्रै आपूर्ति हुने गरेको उनको भनाइ छ ।

तुलसीपुर खानेपानीले पालिकाको वडा नं ३ देखि १० सम्म र १२ नम्बर वडाका केही भागमा खानेपानी आपूर्ति गर्दै आएको छ । हाल तुलसीपुर खानेपानीको मूलकोट, राम्री, धैरनी, बाख्रे, दगेरा, छरछरे र पहरेमा ग्राभेटि मुहान छन् । कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, गोलौरा, तुलसीपुरको रेडक्रस, राइखलिया, मोतिपुर, इन्द्र नगर, उत्तरकपडादेवी, दक्षिण कपडादेवी परिसरलगगायत गरी १७ वटा भूमिगत मुहानका स्रोत छन् ।

रानीजरुवा र पातुखोलामा सम्वेल छन् । हाल खानेपानीले १२ हजारभन्दा बढी धारा वितरण गर्दै आएको छ । तुलसीपुर खानेपानीले खर्चवा, रक्षाचौर र कार्यालय परिसरमा प्रशोधन मेसिन राखेको छ । रक्षाचौरमा बालुवा र गिट्टीको सहायताले पानी प्रशोधन गर्दै आएको छ । खर्चवा र कार्यालय परिसरमा प्रेसर फिल्टरबाट प्रशोधन गर्दै आएको छ । अहिले तुलसीपुरमा खानेपानीको सहज आपूर्तिका लागि बबई लिफ्टिङको काम अघि बढिरहेको छ । त्यो काम पूरा भएमा भने खानेपानी आपूर्तिमा सहज हुने कोषाध्यक्ष थापाले बताए ।

वि.सं.२०८२ फागुन ११ सोमवार १२:२६ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...