back
CTIZAN AD

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

वि.सं.२०८२ फागुन ११ सोमवार

597 

shares

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२६ विभिन्न कार्यक्रमका साथ मनाइएको छ।

दूतावासमा आयोजित कार्यक्रममा छलफल सत्र तथा बहुसांस्कृतिक सांगीतिक प्रस्तुति सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञ, सार्क सचिवालयका प्रतिनिधि, यूनेस्को, युनिसेफ लगायतका अन्तर्राष्ट्रिय संस्थाका अधिकारी, शिक्षाविद् तथा नेपालस्थित बङ्गलादेशी समुदायको सहभागिता रहेको थियो।

कार्यक्रममा बङ्गलादेशका राजदूत सलाहउद्दीन नोमान चौधरीले सन् १९५२ को भाषा आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै मातृभाषाको संरक्षण र प्रवर्द्धनको आवश्यकता औंल्याए। उनले बहुभाषिक शिक्षाले समुदायलाई सशक्त बनाउने र दिगो विकासमा टेवा पुर्‍याउने बताए।

नेपालस्थित यूनेस्को प्रमुखले विशेष अतिथिका रूपमा मन्तव्य दिँदै मातृभाषामा आधारित शिक्षाको महत्व र भाषिक विविधताको संरक्षण अपरिहार्य रहेको उल्लेख गरे। कार्यक्रममा विभिन्न देशका प्रमुखहरूले आफ्ना-आफ्ना मातृभाषामा सन्देश व्यक्त गरेका थिए।

कार्यक्रम अन्तर्गत नेपाली, नेवारी, तामाङ, बङ्गला, संस्कृतलगायत भाषामा सांगीतिक प्रस्तुति गरिएको थियो। अन्त्यमा बङ्गलादेशी परिकारसहितको रात्रिभोजको आयोजना गरिएको थियो।

यसअघि बिहान शहीद मिनारमा ‘प्रभात फेरी’ तथा पुष्प अर्पण कार्यक्रम गरिएको थियो। कार्यक्रम विशेष प्रार्थनासहित सम्पन्न भएको जनाइएको छ।

 

वि.सं.२०८२ फागुन ११ सोमवार १४:४९ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...