back
CTIZAN AD

महानगरपालिका द्वारा बाख्रापालक कृषकलाई २० लाख रुपैयाँ अनुदान

वि.सं.२०७६ साउन २४ शुक्रवार

834 

shares

२४ साउन, कास्की । व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ ।

पोखरा–२८ का ५० जना कृषकलाई जनही रु ४० हजारका दरले रु. २० लाख रुपैँया वितरण गरेको महानगरपालिकाले जनाएको छ ।

वडा नं. २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सो अनुदान रकम वितरण गरेका हुन् ।

सो अवसरमा प्रमुख जिसीले महानगरका ३३ मध्ये २१ वडा व्यावसायिक कृषिका लागि उपयुक्त भएको बताउँदै खाद्यान्न तथा पशु उत्पादन वृद्धि गरी आयात रोक्ने नीतिमा महानगर रहेको स्पष्ट पारे । उनले भूउपयोग नीतिका माध्यमबाट कृषियोग्य जमीन खण्डीकरण हुन नदिइनेसमेत बताए ।

वडाध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रासहित १३ वटा बाख्रा भएका कृषकहरूलाई व्यावसायीकतातर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताए ।

वडाका माझठाना, सौर्य लगायतका गाउँहरूमा व्यावसायिक बाख्रापालन शुरुआत भइसकेको बताउँदै उहाँले अनुदान सहयोगले स्थानीय प्रजातिका बाख्राको पालन र प्रवद्र्धनमा समेत फलदायी हुने विश्वास व्यक्त गरे ।

पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरूका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक शुरुवात भएको र पशु सेवासंग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरूलाई पनि आगामी दिनमा निरन्तरता दिइने बताए । (रासस)

वि.सं.२०७६ साउन २४ शुक्रवार ११:४६ मा प्रकाशित

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...