२४ साउन, काठमाडौँ । डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल पक्राउ परेका छन् ।
डिभिजन सडक कार्यालय पोखरा अन्तर्गत कार्यान्वयन भइरहेका विभिन्न योजनाहरुको भुक्तानी तथा पेश्की निकासा गरे बापत जी.एस. आर. निर्माण सेवा पोखराका प्रोपाइटर र सडक डिभिजन कार्यालयका कर्मचारी बीच घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले ९ लाख घुस लिइरहेको भन्ने गोप्य सूचनाको आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कार्यालय प्रमुख पोखरेलसहित इन्जिनियर पवित्रमणी आचार्य र कार्यालयसहयोगीहरु सन्देश लम्साल, र शिवराम शर्मालाइ पक्राउ गरेको छ । घुस दिने जी.एस.आर.निर्माण सेवाका प्रोपाइटर ऋषि गौतमलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियार आयेगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
वि.सं.२०७६ साउन २४ शुक्रवार ११:५२ मा प्रकाशित






























