back
CTIZAN AD

सवारी कारवाहीबाट रु ९१ लाख राजश्व सङ्कलन

वि.सं.२०७६ साउन २४ शुक्रवार

678 

shares

२४ साउन, काठमाडौँ । गत आर्थिक वर्षका पाल्पामा १५ हजार ४८ सवारी चालक कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५÷७६ मा कारवाहीमा परेका चालकबाट रु रु ९१ लाख १९ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र मिनी ट्रकका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका चार हजार २६७ ट्रक र मिनी ट्रकबाट रु २५ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।

यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार १७७ बस र मिनी बसबाट रु १८ लाख ९२ हजार, तीन हजार २१८ जीप, कार, भ्यान र माइक्रोबाट १८ लाख ८१ हजार, एक हजार ५४७ ट्र्याक्टरबाट रु नौ लाख २५ हजार २५ तथा दुई हजार ८३९ मोटरसाइकलबाट रु १८ लाख ४९ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।

आवश्यक कागजपत्र नबोक्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा सामान ओसारपसार गर्ने सवारी चालक कारवाहीमा परेको उनले बताए ।

उनले भने, “ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन् ।”

आव ०७४\७५ मा १२ हजार ८३० सवारी साधनको कारवाहीबाट रु ७९ लाख २५ हजार राजश्व सङ्कलन भएको थियो ।

सो अवधिमा कारवाहीमा परेका तीन हजार ७७० ट्रक र मिनी ट्रकबाट रु २२ लाख २३ हजार, दुई हजार ७१ बस र मिनीबसबाट रु १२ लाख ३७ हजार, दुई हजार ६४८ जीप, कार, भ्यानबाट रु १५ लाख ९४ हजार, ९९३ ट्र्याक्टरबाट रु पाँच लाख ६८ हजार ५००, तीन हजार ३३९ मोटरसाइकलबाट रु २१ लाख २२ हजार ५०० राजश्व सङ्कलन भएको थियो ।

ट्राफिक प्रहरी कार्यालय पाल्पाले बेलाबेलामा सरोकारवालासँग पुगेर ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । तर जिल्लामा सवारी साधन बढ्दै जानु र नियम मिचेर सवारी चलाउने गर्दा राजश्व बढ्दै गइरहेको पाइएको छ । रासस







वि.सं.२०७६ साउन २४ शुक्रवार १३:५० मा प्रकाशित

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...