back
CTIZAN AD

वनमन्त्रीले गरे पशुपति क्षेत्रमा वृक्षरोपण

वि.सं.२०७६ साउन २४ शुक्रवार

921 

shares

२४ साउन, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पर्यावरणीय संरक्षणको उद्देश्यले शुक्रबार पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

भूसंरक्षण दिवसका अवसरमा सो क्षेत्रमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाडौँ न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा वृक्षरोपण गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पशुपति क्षेत्रको पर्यावरणीय संरक्षण र सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै वातावरणीय दुष्प्रभावबाट जोगिन सरकार, सरोकारवाला र आमजनताबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

त्यस अवसरमा समीलगायत विभिन्न प्रजातिका २०० भन्दा बढी बिरुवा रोपिएको थियो । कोषको सचिवालयका प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले रोपिएका बिरुवाको संरक्षण कोषले गर्ने जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा घोषणा गरी यस अवधिमा मुलुकभर एक नेपाली एक फलफूलका बिरुवासहित कम्तीमा पाँच करोड बिरुवा रोपण गरी हुर्काउने महाअभियान सञ्चालन गरेको छ । (रासस)

वि.सं.२०७६ साउन २४ शुक्रवार १४:१५ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...