back
CTIZAN AD

नेकपामा कार्यबिभाजन,कार्यालय र सचिवालय सहित नगरपालिका पनि टुंगो लगाइयो

वि.सं.२०७६ साउन २५ शनिवार

927 

shares

२५ साउन, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी काठमाडौं जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले पार्टीको जिल्ला कार्यालय कमिटी, सचिवालय र दशवटा नगर कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश ३ का सचिव आनन्द पोखरेलको उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

काठमाण्डौ जिल्लामा बनेको ७ सदस्यीय कार्यालयमा कृष्ण राई, हिमाल शर्मा, सरिता न्यौपाने, रामशरण ढुङ्गाना, मधुसुदन तण्डुकार, महेश्वर फुँयाल र ईश्वर सापकोटा छन् भने कार्यालय सचिवमा गोपीचन्द्र कार्की रहेका छन् ।

यसैगरी सो पार्टीले ७५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । जसमा पूर्व नेकपा एमालेबाट ४५ र पुर्व नेकपा माओबादीकेन्द्र बाट ३० जना रहेको बताइएको छ ।

यसैगरी सो पाटीले काठमाडौं जिल्लाका विभिन्न ११ नगरपालिकाहरुमध्ये काठमाण्डौ महानगरपालिका बाहेक १० वटामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । १० मध्ये ६ नगरपालिकामा पूर्व एमाले र ४ नगरपालिकामा पूर्व माओवादीले अध्यक्ष पाएका छन् । पूर्व माओवादीले बुढानिलकण्ठ, शंखरापुर, दक्षिणकाली र टोखा नगरपालिकाको नेतृत्व पाएको छ भने, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र किर्तिपुर नगरपालिकामा पूर्व एमालेले नेतृत्व पाएको छ ।

पूर्व माओबादीबाट सचिवालयमा रहेका ३० जनामा हिमाल शर्मा, महेश्वर फुँयाल, ईश्वर सापकोटा, रामप्रसाद खनाल, सुरेन्द्र भुजेल, अमर बज्राचार्य, मधु केसी, कृष्णराज सुबेदी, बिमल ढुङ्गेल, सुशिला पौडेल, सौमली तामाङ, सुरेश कर्माचार्य, धर्म डंगोल, जमुना बुढाथोकी, नवराज ढकाल, रबिन्द्र श्रेष्ठ, सानुभाई मालबुल, प्रताप दानी, दीपक सिलवाल, कुमार तामाङ, देवकी पौडेल, शम्भु महर्जन, सुरेन्द्र महर्जन, रबिन्द्र रिजाल,गणेश कुँवर, टिआर नेपाल, छिरिङ लामा,केशरी गौतम, रमा गिरी, रञ्जना पौडेल रहेका छन भने पूर्व एमालेबाट कृष्ण राई, सरिता न्यौपाने, निर्मल देउला, श्यामलाल तण्डुकार, विष्णु कुमारी भुषाल, गणेश दुलाल, मणिराम फुँयाल, नवराज पराजुली, रामशरण ढुङ्गाना, संगम गहतराज, दीपक निरौला, मधुसुदन तण्डुकार, न्हुँच्छेकाजी महर्जन, गीता थिङ, रामबीर मानन्धर, शिव वैद्य, धु्रव नारायण मानन्धर,भगवान राज घले, बेलीमाया घले, रामशरण आले, रमा आले, गुञ्जमान सिं बस्नेत, ईश्वरमान डंगोल, धनबहादुर अछामी, श्रृजन शर्मा, भरतप्रसाद फुँयाल, हरिकृष्ण श्रेष्ठ, विश्वराज श्रेष्ठ, तेजप्रसाद ढकाल, मिठाराम अधिकारी, विदुर विक्रम खड्का, नारायण भाई श्रेष्ठ, विश्वराम सापकोटा, ईन्दिरा पन्त, लेखनाथ फुँयाल, विन्दा बुढाथोकी, राजेन्द्रमान श्रेष्ठ, अनन्तराज सिग्देल, शोभा सापकोटा, श्रीराम आचार्य, विन्दु महर्जन, मोहन बिष्ट, बालकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन र तिलक सुनुवार सहित ४५ जना रहेका छन् ।

बुढानिलकण्ठ नगरपालिकामा अध्यक्ष रविन अधिकारी, सचिव प्रदीप डंगोल, शंखरापुरमा अध्यक्ष मधु केसी, सचिव राम कुमार तिवारी, दक्षिणकालीमा अध्यक्ष रामकृष्ण बस्नेत, सचिव राम ल्हो, टोखामा अध्यक्ष दिपक बानियाँ, सचिव सत्य नारायण डंगोल, कागेश्वरी मनोहरामा अध्यक्ष ज्योतिराम फुयाल, सचिव भोला चापागाइ, तारकेश्वरमा अध्यक्ष लब बस्नेत, सचिव रामकुमार थापा, किर्तिपुरमा अध्यक्ष विकास महर्जन, सचिव दिल बहादुर महर्जन, गोकर्णेश्वरमा अध्यक्ष उद्धव विष्ट, सचिव मन बहादुर तामाङ, चन्द्रागिरीमा अध्यक्ष राजु श्रेष्ठ, सचिव देवकृष्ण महर्जन, नागार्जुनमा अध्यक्ष नन्दनहरी गौतम र सचिव युवराज भण्डारी रहेका छन् ।

वि.सं.२०७६ साउन २५ शनिवार १२:२५ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...