back
CTIZAN AD

जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार

वि.सं.२०७६ साउन २६ आइतवार

807 

shares


साउन, २६ मुस्ताङ । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ ।

वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो ।

मन्दिरसम्मको अपाङ्गमैत्री पदमार्ग निर्माणका लागि बारागुङ मुक्तिक्षेत्रका प्रमुख एवं पदाधिकारीसँग छलफल एवं अन्तक्र्रिया गर्दै त्यसबारे सम्भाव्यता अध्ययन गरिने बोर्डका पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए ।

बोर्डले मुक्तिनाथ दर्शनका क्रममा तर्पण एवं श्राद्ध गरिने स्थल कागबेनीमा पनि यसै आर्थिक वर्षमा स्नानपछि कपडा परिवर्तन गर्ने कक्ष (चेन्जिङ रुम) का साथै पूजा सामग्री राख्ने भवन निर्माण गर्ने तयारी गरेको उनले बताए।

यार्तुङ महोत्सवसहित पर्यटकीयस्थलको प्रवद्र्धन

यसैगरी पर्यटन बोर्डले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको रानीपौवामा हुने ऐतिहासिक यार्तुङ महोत्सवसहित त्यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने भएको छ । यही सोमबारदेखि रानीपौवामा हुने यार्तुङ महोत्सव एवं घरपझोङ गाउँपालिकामा पर्ने ढुम्बाताल, ऐतिहासिक ठिनीगाउँ र त्यहाँ सञ्चालित घरवासलगायतको प्रवद्र्धन गर्न लागिएको प्रबन्धक थपलियाले जानकारी दिए ।

उनका अनुसार बोर्डका प्रतिनिधिसहित विभिन्न सञ्चारकर्मीको टोलीले महोत्सव एवं त्यहाँस्थित पर्यटकीयस्थलको आइतबारदेखि स्थलगत अवलोकन गर्नेछ । उक्त क्रममा ऐतिहासिक ठिनी र ढुम्बातालको समग्र पर्यटकीय विकासका लागि घरपजोङ गाउँपालिकाका प्रमुख एवं पदाधिकारी र सरोकारवालाबीच छलफल गरिनेछ ।

प्रवद्र्धनात्मक भ्रमणकै क्रममा ठिनी हुँदै तिलिचो जाने पदमार्गको विद्यमान अवस्था एवं सुधारका आवश्यकता सम्बन्धमा पनि जानकारी लिइने उनले जानकारी दिए । (रासस)

वि.सं.२०७६ साउन २६ आइतवार ११:१० मा प्रकाशित

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

म्याग्दी । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको...

सत्कारले लोभिन्छन् घरबासका पाहुना

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट ९बागलुङ० ।सत्कारले लोभिन्छन् घरबासका पाहुना। साँझमा घरधन्दा सकेका घरबास...

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

सिद्धार्थनगर (रुपन्देही) । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा...

कावासोतीमा प्रतिनिधिसभा निर्वाचन लक्षित अभिमुखीकरण तालिम सम्पन्न

कावासोतीमा प्रतिनिधिसभा निर्वाचन लक्षित अभिमुखीकरण तालिम सम्पन्न

कावासोती । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा...

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा (म्याग्दी) । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक...