back
CTIZAN AD

कावासोतीमा प्रतिनिधिसभा निर्वाचन लक्षित अभिमुखीकरण तालिम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार

942 

shares

कावासोती । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०८२ को पूर्वसन्ध्यामा कावासोतीमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुरको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

कावासोतीस्थित नव त्रिवेणी बहुमुखी सहकारी संस्था लि.को सभाहलमा आयोजित तालिममा निर्वाचन आचारसंहिता २०८२, पर्यवेक्षण संस्था तथा पर्यवेक्षकको आचारसंहिता र दायित्व, प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को संवैधानिक तथा कानूनी व्यवस्था, निर्वाचन प्रणाली र निर्वाचन कार्यक्रमबारे विस्तृत जानकारी गराइएको थियो ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को केन्द्रीय कार्यालयको आर्थिक सहयोग तथा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुरको पहलमा जिल्लामा नियुक्त छोटो अवधिका पर्यवेक्षक (एसटीओ) लाई लक्षित गरी तालिम सञ्चालन गरिएको सचिव तथा लामो अवधिका पर्यवेक्षक (एलटीओ) प्रितम भुजेलले जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष अधिवक्ता चुडा ब. आलेले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनको महत्व र गरिमा उच्च रहेको उल्लेख गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न पर्यवेक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले सही र जिम्मेवार पर्यवेक्षणबाट मात्रै निर्वाचनप्रति जनविश्वास कायम रहने धारणा राखे ।

तालिममा निर्वाचन आचारसंहिता २०८२, संवैधानिक तथा कानूनी व्यवस्था र निर्वाचन प्रणालीका विषयमा सचिव प्रितम भुजेलले सहजीकरण गरेका थिए । अधिवक्ता चुडा ब. आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पनि सचिव प्रितम भुजेलले गरेका थिए ।

प्राविधिक व्यवस्थापन नव त्रिवेणी बहुमुखी सहकारी संस्थाका व्यवस्थापक एवं पर्यवेक्षक नारायणप्रसाद पौडेलले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष प्रमिला थापाले राखेकी थिइन् ।

वि.सं.२०८२ फागुन १७ आइतवार १०:४९ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...