back
CTIZAN AD

मन्त्री भट्टराईले गरे स्वदेश तथा विदेशमा बस्ने नेपाली समक्ष यस्तो अपिल

वि.सं.२०७६ साउन २६ आइतवार

1K 

shares

२६ साउन, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न स्वदेश तथा विदेशमा बस्ने नेपाली समक्ष अपिल गरेका छन् ।


मूलुकमा रोजगारी सृजना, गरिवी निवारण तथा समावेशी विकास समेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम रहेको बताउँदै नेपाल भ्रमण बर्ष, २०२० मूल आयोजक समितिका संयोजक समेत रहेका मन्त्री भट्टराईले उल्लिखित पक्षलाई हृदयंगम गरी नेपाल सरकारले कम्तिमा बार्षिक वीस लाख पर्यटक भित्राउने गरी नेपाल भ्रमण बर्ष,२०२० अभियान सञ्चालन गरिरहेको र उक्त अभियानमा सघाउन गैरआवासीय नेपाली समक्ष अपिल गरेका हुन् ।

भट्टराईले भनेका छन्, ‘नेपाल भ्रमण बर्ष,२०२० अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार–प्रसार गरी अनुपम प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्नका लागि विश्वको हरेक कुना, तह र तप्कामा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट उल्लेखनीय सहयोगको मैले अपेक्षा गरेको छु ।’ मन्त्री भट्टराईले गरेको उक्त अपिलमा भनिएको छ ।

विदेशमा बस्ने नेपालीले आफ्ना निजी तथा संघ संस्था, सामाजिक संजाल, वेवसाइट, फेसबुक, ट्विटर, इन्स्ट्राग्राम लगायतमा यस अभियानको लागो राखि दिन तथा सार्वजनिक एवं निजी क्षेत्रका संगठित संस्थाले पनि साथ दिनुुहुन अनुरोध गरेका छन् ।

‘स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई, दिदी बहिनीहरुले नेपाल भ्रमण बर्ष,२०२० अभियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नका लागि आफुले प्रयोग गर्ने (निजी तथा आफ्ना संघरसंस्थाहरुको समेत) सामाजिक सञ्जाल(Website, Facebook, Twitter, Instagram) लगायतमा यस अभियानको लोगो राखि दिनु हुन तथा सार्वजनिक एवं निजी क्षेत्रका संगठित संस्थाहरुले पनि यस कार्यलाई उत्साहका साथ साथ दिनु हुन हार्दिक अनुरोध गर्दछु, मन्त्री भट्टराईले भनेका छन्, ‘साथै,नेपाल भ्रमण बर्ष,२०२० को यस अभियानलाई सफल बनाउन सबैको थप सहयोग,समन्वय र सहकार्यको नेपाल सरकार सदैव अपेक्षा गर्दछ ।’

वि.सं.२०७६ साउन २६ आइतवार १७:४९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...