back
CTIZAN AD

यसरी मनाईयो बहराईनमा २५ औं बिश्व आदिवासी दिवस

वि.सं.२०७६ साउन २६ आइतवार

846 

shares

११ अगस्त, बहराईन । २५ औं बिश्व आदिवासी दिवस विभिन्न जातिय पहिचान झल्कने कार्यक्रमका साथ बहराईनमा भव्यताका साथ मनाईएको छ ।

अगस्ट ९ (शुक्रबार) का दिन नेफिन बहराईनको मूल आयोजना तथा सम्बद्घ ६ जातिय संस्थाहरु क्रमस नेपाल मगर संघ बहराईन, तमु समाज बहराईन, किराँत यक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोक्खा तथा शेर्पा किदुंग बहराईनको सहआयोजनामा राष्ट्रिय कलाकार श्रेयासी चेम्जङ तथा नेलिमा थापा मगरको साथमा विभिन्न जातिय मौलिक पहिचान झल्कने सांस्कृतिक कार्यक्रमका साथ भब्यरुपमा सम्पन्न भएको हो ।

महासचिव मिलन राईले सन्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष झहर मान थेबेको सभापतित्व रहेको थियो भने नेपाली दूतावास बहराईनका राजदूत पदम सुन्दासको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाली क्लब बहराईनका अध्यक्ष कमल श्रेष्ठ, गैरआवासीय नेपाली संघ समन्वय समिती बहराईनकी अध्यक्ष लक्ष्मी गिरि, समाजसेवि गम गुरुङ तथा दुर्गा गिरिलगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा आमन्त्रित सामाजिक संघ संस्थाका प्रतिनिधि तथा दर्शक श्रोताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुखअतिथि, विशेषअतिथि तथा बैचारिक संगठनका प्रमुखहरुले “२५औ बिश्व आदिवासी दिवस“को उपलक्ष्यमा शुभकामना ब्यक्त गरेका थिए ।

सल्लाहकार तथा बहराईन तामाङ सेवा समाजका अध्यक्ष सोनाम दोङले शुभकामना मन्तव्य राखेको उक्त पहिलो चरणको औपचारिक कार्यक्रम सभापति झहर मान थेबेले उपस्थित मान्यजन, आर्थिक, भौतिक नैतिक सहयोग गर्नुहुने संघ संस्था, आमन्त्रित कलाकारहरु, व्यावसायि, समाजसेवी, पत्रकार, स्थानिय कलाकार, दर्शक तथा श्रोतागणलाई उपस्थितिको लागि धन्यवाद दिएका थिए । थेवेले आदिवासी दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य ब्यक्त गदै कार्यक्रम शौहाद्रपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको घोषणा गरेका थिए ।

संस्कृति संयोजक कृष्ण खाम्चा मगरद्वारा सञ्चालित दोस्रो चरणको संगीतिक कार्यक्रम राष्ट्रिय कलाकार तथा स्थानिय ६ जातिय संस्थाहरुको प्रस्तुति रहेको थियो ।

राष्ट्रिय कलाकारका साथमा जातिय संस्थाका कलाकारहरुद्वारा आ–आफ्नो मौलिक पहिचान झलकाउने नृत्यको धमाकेदार प्रस्तुतिमा दर्शक, श्रोताहरुलाई भरपुर मनोरन्जन दिलाउँदै उक्त कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

वि.सं.२०७६ साउन २६ आइतवार १८:१६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...