२७ साउन, काभ्रेपलाञ्चोक । अघिललो दिनसम्म लहलह धानखेतमा पानी लगाएका मण्डनदेउपुर नगरपालिका –११ का रमेश खनालको आँखा रसाए ।
अघिल्लो साँझ हराभरा रहेको धानखेत एकबिहानै बगरमा परिणत भइसकेको थियो ।
जीविकोपार्जनको मुख्य आधार धानखेत बाढीले बगाएसँगै रमेशजस्तै धेरै किसान चिन्तित छन् ।
शनीबार रातिको अविरल वर्षापछि आएको बाढीले काभ्रेको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा वितण्डा नै मच्चाएपछि सयौं किसान समस्यामा परेका छन् ।
नगरकोट क्षेत्रमा अत्याधिक वर्षापछि शनिबार राति चाखोल उर्लिएको थियो । बाढीले सयौं रोपनी जग्गामा लगाएको धानबाली पूर्ण रुपमा नष्ट गरेको छ । अविरल वर्षसँगै रातको समयमा आएको बाढीले आफूहरुलाई समस्यामा पारेको मण्डनदेउपुर प्रमुख टोकबहादुर वाइबाले बताए ।
हरेक वडामा बनाएका सडक संरचनालाई बाढीले नराम्रोसँग असर पारेको वाइवा बताए । सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ साउन २७ सोमवार ०७:३४ मा प्रकाशित




























