back
CTIZAN AD

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

वि.सं.२०७६ साउन २८ मंगलवार

855 

shares

२८ साउन,काठमाडौं । काठमाडौं, उदयपुर, ईलाम र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका- ३ महाराजगंजस्थित शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाचौँ तलामा करेन्ट सर्ट भई सोमबार साँझ आगलागी हुँदा उक्त भवनको प्रशासन शाखामा रहेको कोठाभित्रको कम्प्युटर १ थान, फाईल, टेबुल, कुर्सीहरु र ढोका समेत जली क्षति भएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका -२ स्थित श्रवण कुमार चौधरीको फोटो स्टुडियोमा बिद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा स्टुडियोमा रहेको प्रिन्ट मेशिन, ल्यापटप, क्यामरा र अन्य सामानहरु जलेर करिब २ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै ईलाम, सूर्योदय नगरपालिका- ५ शान्ति धारा का योग नारायण प्रधानको गोठमा गाईलाई खोले पकाउने क्रममा सोमबार बिहान आगलागी हुँदा गोठ जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका -५ सिन्धुकोट बस्ने चिरन्जिबी ढकालको घर र गोठमा मंगलबार बिहान आगलागी हुँदा घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै आगलागी फैलिएर सोही ठाउँ बस्ने कृष्ण प्रसाद चौलागाईको पिसानी मिल समेत जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २८ मंगलवार १३:३० मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...