back
CTIZAN AD

पाल्पाको सबैभन्दा विकट ठाउँमा एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०७६ साउन २८ मंगलवार

696 

shares


२८ साउन, पाल्पा । पाल्पाको निस्दी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलाई आज गाउँपालिकाको कार्यालयमा आयोजित एक समारोहबीच एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारबाट प्राप्त बजेटमा करकट्टी कटाएर रु १२ लाख मूल्य बराबरको एम्बुलेन्स स्वास्थ्य कार्यालयले खरीद गरी सो गाउँपालिकालाई हस्तान्तरण गरेको सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

पाल्पा जिल्लाकै सबैभन्दा विकट ठाउँमा रहेको निस्दी गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएपछि गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिक लगायत अन्य व्यक्तिलाई स्वास्थोपचारका लागि स्वास्थ्य संस्थासम्म आउनजान सहयोग पुग्ने विश्वास लिइएको छ ।

यस गाउँपालिकामा एम्बुलेन्स नहुँदा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अन्यत्र लैजान स्थानीयवासी बाध्य थिए । अब गाउँपालिकामा एम्बुलेन्स आएपछि चर्को भाडादर, गाडी नपाएर बिरामीलाई घण्टौँ घर तथा बीच बाटोमै छटपटाउनुपर्ने समस्या समाधान हुने भएको छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष दयाराज बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । (रासस)

वि.सं.२०७६ साउन २८ मंगलवार १६:०७ मा प्रकाशित

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

लमजुङमा कांग्रेसको अग्रता

लमजुङमा कांग्रेसको अग्रता

लमजुङ । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले...

बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...