back
CTIZAN AD

यसैलाई भन्ने हो, हामीले गणतन्त्र ?

वि.सं.२०७६ साउन २९ बुधवार

774 

shares

मलाइ जे जस्तो भएपनी मेरो देश : प्यारो मात्री भूमि प्यारो छ । तर विडम्बना मेरो देशलाई नेतृत्व गर्ने भ्रष्ट राजनीतिले गर्दा आज देशको अर्थतन्त्र धरापमा छ ।

२००७ देखि ६२र६३ को जनआन्दोलन हुँदै आजसम्म हेर्दा परिवर्तन नभएका होइनन् भएकै छ । हिजो चप्पल लगाउने नेताहरुको जीवन शैली विलासी जीवन बाचिरहेका छन्, हिजो चुहिने छानोको घरमा बस्ने नेताहरु आज काठमाडौ भ्याली भित्रै आलिसान महन बनाएका छन् । हिजो गाउँको सरकारी स्कुलमा पढ्ने छोराछोरीहरुलाइ आज बेलायत, अमेरका पढाउन सफल भएका छन् अझै धेरै छन् लेख्ने हो भने, तर लेखेरै साध्य छैन ।

हिजो ती गरीब दलित, निमुखा सोझा जन्ताहरुको घरमा साथमै बसेर कोदाको ढिडो खाएर उनिहरुसंग गरेको बाचा र अठोट यति छिटै कसरी बिर्सिन सकेका हुन् ? प्रचण्ड कमरेडको त्यो बोली आजै जस्तो लाग्छ । गणतन्त्र आएपछि रोल्पालाई नमुना रोल्पा बनाइने छ, रोल्पालाई इतिहासमा पहिलो स्थानमा नाम लेखिने छ भनेर रोल्पाली जन्तालाई भनेका थिए ।

यसो भन्दै गर्दा रोल्पा परिवर्तन भएकै छ त ? भन्ने प्रश्न आउन सक्छ । हाल कायम परिवर्तन त कम्युनिस्ट सरकार नभएको भएपनी हुन्थ्यो । अब कसरी हुन्थ्यो भन्नू होला ? सोसल मिडिया अर्थात ग्लोबल युगमा प्रवेश गरेका छौ । संसारलाई हामिले आफ्नै हत्केलामा हेर्ने युगमा छौ । त्यसैले यहाँ सम्मको बिकाश जन्ताको निमित्त केही पनि होइन ।

रहयो कुरा बाटोको ती दुर्गम गाउँ बस्तिहरुमा यति बिजोक छ, बिकाशको नाममा बिनाश भएको छ । ठाउँठाउँमा जन्ताहरु यति पीडित छन् भनेर साध्य छैन । माथी गाउँ छ, मुनिबाट डोजर लगाएर रोड निर्माण हुदैछ । पानी पर्छ त्यसपछि आधा गाउँ नै पहिरोको चपेटामा पर्छ, रुख बिरुवाहरु सबै बाटोमा आउँछ अनि यसलाई बिकाश भन्ने कि बिनाश ?

गाउँ रह्यो भने त्यो बिकाश को सदुपयोग गर्ने हो, गाउँ नै रहेन भने त्यो बिकाशको के अर्थ ? यो पीडा कस्ले बुझ्ने ? हिजो गाउँ देखि चप्पल लगाएर गाउँ को लागि केही गर्छु भनेर शहर पसेका नेताहरु मार्सी चामलको भात खाएर गाउँ को आटो र ढिडो खाको कुरो कहाँ याद हुन्थ्यो र ? उफ्फ्फ्फ्फ हिजो कुनै दिन मेरो देशले अनुदान दिएको केहि देशहरु आज कहाँबाट कहाँ पुगिसक्यो, मेरो देश जहाँको त्यही छ ।

त्यो पनि प्रत्येक ब्यक्तिको कांधले ४०,००० हजार ॠणको भारी बोकेको छ । यसैलाई भन्ने हो हामीले गणतन्त्र ? के यसैको लागि हामीले एउटा राजा फ्यालेर हजारौं राजा जन्माएका हौ त ?

हिजो राजा बिमार हुदा स्वदेशमै उपचार गराउथे , तर आजका राजा केपि ओलि आफ्नो उपचार गराउन कष्लननबउगच जान्छन प्रचण्ड कमरेड कष्लननबउगच जानू हुन्छ । के यहि हो परिवर्तन ? तपाईं जन्ताको नेता हो पनि भन्नू हुन्छ । तर जन्ताले उपचार गराउन अस्पतालमा तपाईंको उपचार गर्न नहुने किन ?

यहाँबाट प्रष्ट हुन्छ, कि तपाईंहरुले नेपाली डा . हरुलाई शिक्षाको आधारमा न भै, Power र पैसाको आधारमा सर्टिफिकेट दिनु भएको रहेछ । प्रधानमन्त्री के पि ओलिलाई Singapore उपचार गरेर फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागत गर्न उपस्थित भएका नेता कार्यकर्ता मत्रीहरु देख्दा मलाइ लाग्यो हिजो यस्ता स्वागत संस्कार त पंचायत कालमा राजालाई गरिन्थ्यो । तर आज गन्तव्यमा पनि यस्तो हुन्छ भने गणतन्त्र र राजतन्त्रमा फरक के रहयो ?

एक जना मन्त्रीको ५० जना सुरुक्षा गार्ड ! सामान्य पनि १०र१५ जना हुनेरहेछ । धेरै टाढा पनि नजाउ मलेसिया कै हेरौ न प्रधानमन्त्री डा. माथिर ९३ बर्षको उमेरमा आफ्नो गाडी आफै चलाएर अन्य देशबाट आएका पाहुनाहरुलाइ आफै ड्राइभिङ गरेर भजिट गराउछन् । मान्छेमा इच्छा शक्ति र हिम्मत हुनुपर्छ असम्भव भन्य कुरै छैन त्यो उदाहरण को पात्र डा माथिर हुन् ।

गाउँ गाउँमा सिंहदरवार भनेर हामीलाई ढाट्ने कार्य भयो किनकी गाउँमा सिंहदरवार जनतालार्इ होइन नेता र नेताका आसेपासे नातागोताहरुलाई आएको रहेछ ।

नारामा र कुरामा परिवर्तन गर्न नेपाली धेरै सिपालु छन भन्य ख्याल ख्यालैको अन्तर्राष्ट्रिय भनाइ आजभोली तितो रुपले सत्य देखिय जस्तै भएको छ । नारा र कुरा परिवर्तन भयको यत्ती हो हिजो राजतन्त्र र आज गणतन्त्रमा । त्यसैले यो गणतन्त्र मलाइ मन नपरेको गणतन्त्र हो ।

लेखक : स्वतन्त्र नागरिक सामाजिक अभियन्ता हुन् ।

वि.सं.२०७६ साउन २९ बुधवार ११:४६ मा प्रकाशित

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगा जिल्ला लामो समयदेखि ओझेलमा पर्‍यो, विकासमा पछाडी पर्‍यो।तपाइको समर्थन...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

१. पृष्ठभूमि सांस्कृतिक उपनिवेशवाद भनेको एक प्रमुख संस्कृतिको मूल्यमान्यता, विश्वास...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

नेकपाको बढ्दो लोकप्रियता

नेकपाको बढ्दो लोकप्रियता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन...

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक परिवर्तनको अध्ययनमा ऐतिहासिक विधिमा विगतका घटनाहरू, संस्थाहरू र सामाजिक...