३० साउन, काठमाडौँ । विश्व स्वास्थ्य संगठनको तथ्यांकले प्रत्येक ४० सेकेण्डमा विश्वमा एक जनाको आतमहत्या हुने देखाउँछ ।
नेपालमा भने पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका छन् ।
नेपाल प्रहरीले तयार गरेको आर्थिक वर्ष २०७३\७४ देखि २०७५\७६ सम्मको तीन वर्षको तथ्यांकले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको हो ।
तीन वर्षको अवधिमा झुन्डिएर मात्रै ११ हजार ९४१ जना अर्थात १२ हजारले आत्महत्या गरेका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७३÷७४ मा मात्रै ३ हजार ७६१ ज्नाले झुन्डिएर आत्महत्या गरेका छन् ।
यस्तै, २०७४\७५ मा ३ हजार ८६८ जनाले तथा गत आर्थिक वर्षमा ४ हजार ३१२ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । बिहीबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ साउन ३० बिहीवार ०७:३८ मा प्रकाशित




























