back
CTIZAN AD

अपडेट : मानब अधिकारको संरक्षण गर्दै कानुनी कारबाही अगाडि बढाउछौं-एसपी दान बहादुर मल्ल

वि.सं.२०७६ साउन ३० बिहीवार

1.3K 

shares

३० साउन, काठमाण्डौं । चितवनका प्रहरी उपरीक्षक (एसपी) दान बहादुर मल्लले पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ गरिएका संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको मानब अधिकारको संरक्षण गर्दै कानुनी काबाही अगाडि बढाउने बताएका छन् ।

विहिबार बेलुकी ७ बजे आफ्नै कार्यालय न्युज २४ को कार्यालयबाट पक्राउ गरिएका कँडेल र लामिछानेको मानब अधिकार रक्षा गर्दै कानुनी कारबाही अगाडि बढाउने चितवनका एसपी दान बहादुर मल्लले पत्रकारलाई जानकारी दिएका हुन् ।

उनले भोलीसम्म पुडाशैनीको शबको पोस्टमार्टम रिर्पोट पनि आउने बताउँदै उनीहरुलाई आज रातिनै कानुनी कारबाही अगाडि बढाउने बताए ।

पत्रकारद्धय लामिछाने, कँडेल र कार्कीलाई अहिले चितवन लगिँदैछ । चितवनबाट आएको प्रहरी र काठमाण्डौं प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको हो । यद्यपी पुडाशैनीले भिडियोमा भनेकी युवती अस्मिता कार्की विहिबार दिउसो पक्राउ गरिएको भनिए पनि प्रहरीले खुलाएको थिएन ।

कार्कीले आफू असुरक्षित भएको भन्दै आफैले प्रहरीलाई फोन गरेपछि उनलाई नियन्त्रणमा लिएर सुरक्षा दिइएको पनि जनाइएको छ ।

चितवन प्रहरीले भने यसबारे प्रेश विज्ञप्ति जारी गरेर पत्रकारद्धय र कार्कीले आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिएको हो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको कसुर प्रमाणित भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुन सक्ने कानुनमा व्यवस्था रहेको छ ।

गत सोमबार नारायणगढस्थित होटल कंगारु झुण्डिएर आत्महत्या गरेको भनिएका पत्रकार शालिकराम पुडाशैनीले आत्महत्या गर्नुभन्दा केही समय अगाडि भिडियो रेर्कड गरेर पत्रकार रवि लामिछानेले आफूलाई मर्न बाध्य बनाएको आरोप लगाएका थिए । उनले अर्का पत्रकार युवराज कंडेल र रुकु भनिने अस्मिता कार्कीको पनि नाम लिएका थिए ।

प्रहरी अनुसन्धानमा रहेको भनिएको उक्त भिडियो बुधबार सार्वजनिक भएपछि नेपाली समाज दुई ध्रुबका बाँडिएको थियो । एक पक्षले पत्रकार लामिछानेलाई फसाउनका लागि कसैले षडयन्त्र गरेको आरोप लगाएका थिए भने कसैले पत्रकार लामिछाने भगवान नभएको र उनी पनि प्रहरीको अनुसन्धानमा आउनुपर्ने राखेका थिए ।

फाइल :फोटो

वि.सं.२०७६ साउन ३० बिहीवार २१:१९ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...