३० साउन, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने पक्राउ परेका छन् ।
पत्रकार लामिछाने सहित युवराज कंडेल र पुडासैनीले भिडियोमा बताएको अस्मिता कार्की पनि पक्राउ परेका हुन् ।
पत्रकार लामिछाने सहित कंडेल र कार्की पक्राउ परेको काठमाण्डौं प्रहरीले जनाएको छ । उनीहरु तिनैजनालाई चितवन लैजान लागिएको पनि प्रहरीले जनाएको छ ।
लामिछानेलाई पानीपोखरीस्थित न्युज २० फोर टिभीको कार्यालयबाट पक्राउ गरिएको बताइएको छ ।
वि.सं.२०७६ साउन ३० बिहीवार २०:०२ मा प्रकाशित






























