३० साउन, काठमाडौँ । हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराई घुस रकम सहित पक्राउ ।
मेलम्ची देखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने हिगुवापाटी काभ्रेका प्रहरी जवान भट्टराई नदिजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न बहाना गरी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगकोे टोलीले सेवाग्राहीसँग रु २ हजार घुस लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको थियो ।
पक्राउ परेका भट्टराईलाई सवारी साधन चेकजाँच गर्ने क्रममा नियमित मासिक रूपमा २ हजारका दरले बुझाउनुपर्छ भनी घुस लिएको स(प्रमाण पुष्टि भएकाले निजले भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ साउन ३० बिहीवार १७:०५ मा प्रकाशित






























