back
CTIZAN AD

बेल्जियमका कमल पन्थीद्धारा एनआरएनएको आइसीसी सदस्यमा उम्मेदवारी घोषणा

वि.सं.२०७६ साउन ३० बिहीवार

897 

shares

गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए)को आगामी निर्वाचनमा बर्तमान एनआरएनका बरिष्ठ उपाध्यक्ष कमल पन्थीले २०१९-२१ को लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विगत २० वर्षदेखि बेल्जियममा हरेक नेपालीहरुको सुखदुःखमा निरन्तर योगदान पुर्याएका पन्थीले गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समिति सदस्यको लागि अगस्तको तेश्रो साता हुन गइरहेको निर्वाचनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि बेल्जियममा बसेर मजदुर तथा ब्वसायीको रुपमा काम गर्दै आएका पन्थीले जनसम्पर्क समीतीको विभिन्न पदमा रहेर नेतृत्व गरिसकेका छन् भने उनीसँग ब्याबशायी संघ, एभरेष्ट समाज, बुर्गि समाज, एनआरएन लगायत धेरै संघ संस्थामा काम गरेको अनुभव छ। अत्यन्तै सरल स्वभावका पन्थी आर्थिक पारदर्शितामा स्वच्छ ब्यक्ति हुन् । उनमा कुशलतापुर्वक संगठन हाँक्ने क्षमता बेल्जियमबासीहरुले देखि सकेका छन् ।

किन ढिलो घोषणा गर्नु भयो त ? भन्ने प्रश्नमा उनले ’संगठनमा भएको असहमति सल्टिएला र सहमतिको वाताबरण बन्ला भनेर ढिलो गरेको हो । तर पदिय जिम्मेवारीको हिसाबले पनि र योगदानको हिसाबले पनि मेरो दाबि स्वाभाविक रहन्छ । मैले अहिलेसम्म कुनै महत्वपूर्ण कार्यक्रम छुटाएको पनि छैन र मेरो क्षमताले भ्याएसम्म एनआरएनको गरिमालाई उचो बनाउन कुनै कसर बाँकी राखेको छैन, भन्ने जवाफ दिए ।’

उनले ’स्वाभाविकतालाई सम्बोधन गरेर उमेद्वार दिदा सहमतिको वाताबरण बन्न सक्ने बलियो आधार हुने’ बताए र सबै बेल्जियमका नेपालीहरुलाई आफ्नो अहिलेसम्मको योगदानलाई सहि मुल्यांकन गरिदिन आग्रह समेत गरेका छन् ।

बेल्जियममा उनीबाहेक ब्यवसायी गङ्गा शर्माले आइसीसीमा उम्मेदवारी दिएका छन् । त्यस्तै, चित्र सुवेदी, अनुजा प्रधान, पदम गुरुङ लगायतले आगामी एनआरएनए बेल्जियमको अध्यक्षमा, खड्क केसी वरिष्ठ उपाध्यक्षमा, त्यस्तै समाजसेवी युवा अभियन्ता तीर्थराज धमलाले महासचिवमा उठ्ने घोषणा गरिसकेका छन् । यसैगरी कर्ण अधिकारिले समेत सचिव पदको लागि आफ्नो दाबी पेस गरेका छन् भने अध्यक्षमा सुवास जोशीको समेत विशेष चर्चा रहेको देखिन्छ । यसरी उम्मेदवारी दिने क्रम यथावत रहेको छ ।

वि.सं.२०७६ साउन ३० बिहीवार १६:३८ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...