back
CTIZAN AD

कानुन, जनताको चेतना र कार्यान्वयन क्षमताको समस्या

वि.सं.२०७६ साउन ३१ शुक्रवार

969 

shares

मुलुकका ७५३ स्थानीय सरकारले जनताका लागि आफ्नै प्राविधिकहरूबाट निजी घरनक्सा बनाईदिने कानुन वनाउन थालेका छन्, सुरूवात बुटवल उपमहानगरपालिकाले गरेको रहेछ । अब क्रमश : अरूले पनि गर्ने छन् । आफै नक्सा बनाउने, आफै पास गर्ने, आफै मुल्यांकन निरिक्षण गर्ने, आफै कार्यसम्पन्न प्रमाणपत्र दिने बुद्धिको आविष्कार पनि संघीय व्यवस्थामा स्थानीय सरकारले गरेर रेकर्ड कायम गर्ने भएछन् ।

मेरो दृष्टिमा नेपालमा शासन प्रशासनको मूल समस्या राज्य संरचना हैन, संस्कारबिहीन, संस्कृतिच्यूत नेताहरू र कर्मचारीहरूको पुस्ताको बाहुल्यका कारणले हो । मुलुकको शासन चलाउने, सरकार चलाउने, प्रशासन चलाउनेहरू सुपठित, सुशिक्षित, सुसंस्कारित, सुसंस्कृत चरित्रका हुनैपर्छ, ऐरूगैरू फुटपाथे अल्लारे मनस्थितिका मान्छेहरूको झुण्डले यो जटिल चरणबाट गुज्रिरहेको विश्व समुदाय माझ मुलुक हा‘क्न संभव हुदैन । बोकाले दाईँ हालिदैन ।

लाग्दैछ संघीय नेपालमा ७५३ वटा अरिगांलका गोला बनेका छन्, तिनलाई झुक्किएर वा भुलबस पनि नजिक पुगेर कसैले आलोचना गर्यो वा छोयो कि जनता चिलिन्छन्, चिलिन सुरू भईसकेको पनि देखिदै छ । अरिगांलको गोलाहरूलाई बेलैमा सखाप पारिएन भने कुनै पनि बेला अनुहारभरि चिलेर थोपडा कुरूप बनाईदिने भय छ । अरिगांल पाल्ने कि फाल्ने? जनता अन्यमनष्क छन् ।

यो मुलुकको अहिले कोही ईन्चार्ज दृष्टिगोचर हुदैन । सबै ७६१ वटा संबैधानिक अधिकारप्राप्त सरकार बीचको समस्याको समाधान कुनै अर्को सरकारले गर्न नसक्ने र अदालतले मात्र गर्न सक्ने संबैधानिक बाध्यता छ । संघीय सरकार निरीह छ, फलस्वरूप संघीय सरकारले तल्ला सरकारहरूको रौं हल्लाउन सक्दैन अनि यही मौकामा तल्ला सरकारहरू सडकमा मजाले नाँगै नाच गरेर जात्रा छ ।

सही शिक्षा भएन भने जिवनको जग नै कमजोर हुन्छ । सही शिक्षाको सदुपयोग हुन सही संस्कार चाहिन्छ, संस्काररहितका मानिसका निम्ति शिक्षाको काम हुदैन । शिक्षा र संस्कारको सदुपयोग गर्ने माहौल सही संगतले दिन्छ । संगत वा टिम खराब छ भने शिक्षा र संस्कार बेकम्मा हुन्छ ।
शिक्षा, संस्कार र संगति हुदा पनि लक्षमा एकता र संगठन छैन भने कर्मको फल लाग्दैन । अन्तत ः यी सबै समन्वयात्मक फलको स्वाद लिन पहिचान चाहिन्छ ः ‘म वा हामी को हौं ? आफ्नो र देशको गन्तव्य के हो ? के गर्दा हाम्रो र देशको सम्मानयुक्त पहिचान कायम हुन्छ?’ भन्ने भावना रहनुपर्छ ।

लाग्छ नेपालीको रगतको कणकणमा जनतामाथि शासन गर्ने सामन्ती नशा छ, परपीडक मानसिकताले गाँजेको छ । जनतालाई राहत वा सुख दिन त धेरै नेतामा सिर्जनशीलता, लगन, निरन्तरता, समाज परिचालन, त्याग, प्रेम, दया, करूणा, व्यावसायिक ज्ञान, दक्षता, कार्यकुशलता, संस्कार शिक्षा, अनुशासन, तथ्यांक र अध्ययन अनुसंधानको पृष्ठभूमि, सुसंस्कृत आचरणको दरकार पर्छ । जसको हातमा पनि बन्दुक थमाईदिदा उसले कुठाउमा दाग्छ नै !

यो सरकार कम्युनिष्ट दलको हो भने यसको कार्यशैली र नीति एवं कार्यान्वयन समाजबादी हुनै पर्छ, अधिकाँश गरिब पिडीत शोषितको हितमा प्रष्ट नीति योजना बनेको व्यवहार गरिएको र प्रशासन चलेको हुनैपर्छ । यसो नगर्ने हो भने जनतालाई बामपन्थको नाममा ठगेको ठहर्छ । कि बामपन्थी जस्तो काम गर्नु पर्छ, कि दलको नाम नै फेर्नुपर्छ । जस्तो नाम उस्तै काम वा जस्तो काम उस्तै नाम हुनैपर्छ ।

जनताउपर मनपरि कर लगाउनु सरकारहरूको स्वविवेकीय, तजबिजी वा निरंकुश अधिकार हो वा करको बस्तुगत, नीतिगत एवं प्राविधिक अध्ययन, प्रभाव र लाभहानी मुल्यांकन आधारमा लगाईने प्रवन्ध हो, करविज्ञ जानकारहरूबाट जानकारी दिएर जनतालाई विवेकी बनाई रहनुपर्छ ।

संघीय नेपालमा एउटै विषयमा ७६१ वटा विभिन्न तहका सरकारका अलग अलग कानुन लागू हुने हुदोरहेछ । औषत बीस वटा विषयका कानुन छ भन्ने मान्ने हो भने पनि नेपाली जनताले कम्तिमा १५२२० ऐन र त्यतिकै संख्यामा नियमहरू बुझ्नुपर्ने हुन्छ । नागरिकलाई कानुनको अनभिज्ञता क्षम्य हुदैन । कुन स्थानीय वा प्रदेश सरकारको सीमा प्रवेश गर्दा त्यसको सिमाक्षेत्रभित्र के कस्तो ऐन, कानुन, नियम र प्रशासनिक व्यवस्था छ त्यो पढेर कण्ठष्थ पार्नुपर्ने अवस्था छ । मुलुकको यात्रा गर्दा घाघडान निजी वकीललाई पनि साथै लिएर हिडिएन भने जेलको हावा खान बेर छैन ! सजिलो छैन यहाँ जीवन चलाउन, कि कसो ?

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ साउन ३१ शुक्रवार ११:२७ मा प्रकाशित

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगा जिल्ला लामो समयदेखि ओझेलमा पर्‍यो, विकासमा पछाडी पर्‍यो।तपाइको समर्थन...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

१. पृष्ठभूमि सांस्कृतिक उपनिवेशवाद भनेको एक प्रमुख संस्कृतिको मूल्यमान्यता, विश्वास...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

नेकपाको बढ्दो लोकप्रियता

नेकपाको बढ्दो लोकप्रियता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन...

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक परिवर्तनको अध्ययनमा ऐतिहासिक विधिमा विगतका घटनाहरू, संस्थाहरू र सामाजिक...