back
CTIZAN AD

प्रदर्शनकारी घरघर पुगिसके-प्रमुख चितवन जिप्रका

वि.सं.२०७६ साउन ३१ शुक्रवार

1.1K 

shares

३१ साउन, काठमाडौं । शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गर्नेहरु घर-घर पुगिसकेको जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाहिरबाट ठूलो समूहले ढुंगा, मुढा र रड प्रहार गर्नेहरु भगाईसकिएको र उनीहरु यतिबेला आ–आफ्नो घरमा पुगेको एसपी मल्लले बताए ।


प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा ५ जना प्रहरी सामान्य घाइते भएको स्वीकार गर्दै उनले स्थिति सामान्य भैसकेको समेत उनले जानकारी दिएका छन् । चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाई थियो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरी चितवन पु¥याई अदालतमा पेश गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको थियो । शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए ।
पत्रकार सालिकराम पुडासैनीको आत्महत्या केशमा सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने सहित ३ जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रण लिएपछि रविका समर्थकहरुले दिनभर जिल्ला अदालत चितवन अगाडि प्रर्दशन गरेका थिए ।

वि.सं.२०७६ साउन ३१ शुक्रवार २०:५१ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...