back
CTIZAN AD

हिक्मत थापाले एनआरएनए केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी दिने

वि.सं.२०७६ साउन ३१ शुक्रवार

762 

shares

१६ अगस्त, नाइजेरिया । गैरआवासिय नेपाली संघका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले २०१९-२०२१ को लागि अन्तरास्ट्रिय समितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । सन् २००७ देखि संघमा आबद्द रहेर सक्रिय रहेका थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष, दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल कोषाध्यक्ष रहेर संघमा संक्रिय रुपमा आफ्नो भुमिका पूरा गरेका छन् ।

सन् २००७ देखि संघमा आबद्द रहेर सक्रिय रहेका थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष, दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल कोषाध्यक्ष रहेर संघमा संक्रिय रुपमा आफ्नो भुमिका पूरा गरेका छन् ।

अफ्रिका महादेशमा एनआरएनए बिस्तारमा विशेष नेतृत्व गरेका थापाले यसअघि संघका सबै महत्वपूर्ण अभियानहरुमा सक्रियरुपमा योगदान गर्दै आइरहेका छन् ।

बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्दै आएका कैलालीको टिकापुरका स्थायी बासिन्दा थापा समाज सेवा र साहित्यमा विशेष रुचि राख्छन् ।

थापा अफ्रिकामा नेपालीहरुलाई अप्ठ्यारोमा पर्दा उद्दार र सहयोगको समन्वय गर्ने ब्याक्तिको रुपमा समेत परिचित छन् । साथै देशमा आइपरेको दैबी बिपत्ति र एनआरएनका नेपाल प्रोजेक्टहरुमा त्यस क्षेत्रबाट सधै नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउँदै आएका थापाले एनआरएनए अभियान सुदृढीकरण र बिकासमा समेत आफनो छुट्टै नेतृत्वको पहिचान बनाउदै आएका छन् ।

गैरआवासीय नेपाली संघले संसार भरका गैरआवासीय नेपालीहरुको साझा संगठनको आफ्नो पहिचानलाई अझै उचो र सुदृढ बनाउनु पर्नेमा थापा प्रतिबद्ध छन् ।

वि.सं.२०७६ साउन ३१ शुक्रवार १७:२५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...