back
CTIZAN AD

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

वि.सं.२०७६ साउन ३२ शनिवार

1.2K 

shares

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व रेर्कड गरेको भिडियो उनको परिवारबाटै प्राप्त भएको बताएका छन् ।

प्रेस काउन्सीलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार श्रेष्ठले पत्रकार पुडाशैनीले आत्महत्या गर्नुपूर्व रेर्कड गरिएको भिडियो उनकै परिवारले आफ्नै कार्यालयमा आएर दिएको बताएका हुन् ।

त्यसको केही दिनपछि जनआस्थामा उक्त भिडियोलाई आधार बनाएर समाचार प्रकाशन भएपछि पुडाशैनी आत्महत्या प्रकरणले अझ ठूलो रुप लिएको थियो ।

पत्रकार श्रेष्ठले पत्रकार लामिछाने, युवराज कँडेलको निदोर्षिता प्रमाणीत होस् भन्दै श्रमजीवी पत्रकार शालिकराम पुडासैनीले समेत अकाल मरेर पनि अन्याय भोग्न नपरोस् भन्ने ठानेको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

आत्महत्या गनुपूर्व पत्रकार पुडाशैनीले रेर्कड गरेको उक्त भिडियो पत्रकार लामिछाने, पत्रकार युवराज कँडेल र पुडाशैनीको प्रेमिका भनिएकी अस्मिता कार्कीका कारण नै आफू मर्न बाध्य भएको बताए थिए ।

पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धान सुस्त देखिएजस्तो लागेपछि Mountain TV का सम्वादददाता रामेश्वर सुबेदीकै सामु प्रहरीबाट Dying Declaration कपी गरी लगिसकेका परिवारका सदस्यहरु घटनाको सातौं दिन आइतबार साँझ मेरो कार्यालयमा आएर शालिकरामको मरणअघिका दुई Video Clip Share it मार्फत मेरो मोबाइलमा ट्रान्सफर गर्दै भन्नुभयो, ‘दाइ,तपाईं संकटकालमा पनि नडग्मगाएको मान्छे, यसको आधारमा समाचार बनाएर खबरदारी गरिदिन पर्यो’ ,हामीले त्यसरी प्राप्त 8:27 / 4:57 मिनेटका छुट्टाछुट्टै ती क्लिप्सका केही अंश उल्लेख गर्दै बुधबारको दिन “पत्रकारले मर्दामर्दै खोलेको पोल“ शीर्षकअन्तर्गत जनआस्थामा समाचार प्रकाशन गर्यौ, मेरा स्तम्भकार मित्र संकेत कोइराला ‘नेपाल आज’ मा पनि सम्लग्न भएको र उहाँहरुसमेतले पत्रिकाबाट उक्त खबर धेरै वटा अनलाइनले साभार गरिसकेको हुँदा हामीले पनि पोस्ट गर्न पाँउ न भनी आग्रह गर्नुभए बमोजिम ती Video सार्वजनिक रूपमा उपलब्ध गराइएको हो,सँसारभरका पत्रकारको पहिलो कर्तव्य प्राप्त प्रमाणित सामग्री अरु कसैले भन्दा पहिले आफ्ना दर्शक र श्रोतासामु प्रस्तुत गर्नु हुने गर्दछ,त्यही कर्तव्य पालना मात्र हामीबाट भएको हो जहाँसम्म सामग्री प्राप्तीको सवाल छ,एउटा पत्रकारले सबैको चासो रहेको Video फेला पारेर जनतावीच ल्याउँदा किन,कसरी भन्दै आशँकाको पहाड खडा गर्नु आश्चर्यको कुरा हो,यसवीच केही मित्रले वास्तविकतै नबुझी, आफूखुसी काल्पनिक कथा छापी स्वार्थ्सिध्द गर्न र परिस्थितिलाई अर्कै दिशातर्फ मोड्न चाहेको देखियो ! उक्त Video को कन्टेन्टबारे हाम्रो भन्नु केही छैन, सरोकारवाला निकायले नै अनुसन्धानबाट खुट्याउलान् ,हाम्रो भनाइ त यति मात्रै हो कि यस प्रकरणमा बिश्वभरका एक से एक IT बिज्ञहरुलाई झिकाएर त्यति समयभन्दा बढीको video clip छ भने रिकभर या प्रमाणित गरेर देखाए हुन्छ,जब कूल १३ मीनेट २४ सेकेण्डभन्दा लामो video नै खिचिएको छैन भने Edit गरेको या कसैलाई हुने,कसैलाई नहुने गरी प्रकाशन या प्रशारण गरिएको प्रश्नै उठ्दैन !

घामजस्तै छर्लङ्ग वास्तविकता यही हो र यही मात्रै हो,यस प्रकरणमा कोही कसैलाई अनावश्यक मुच्छ्ने या विषयान्तर गर्ने जरुरतै छैन ! हामी जसरी यस मामिलामा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको निर्दोषिता प्रमाणित होस् भन्ने चाहन्छौं त्यसरी नै श्रमजीवी पत्रकार शालिकराम पुडासैनीले समेत अकाल मरेर पनि अन्याय भोग्न नपरोस् भन्ने ठान्दछौँ ! हामीले अफिसियल रुपमै रविजीलाई पोहोर पनि बिदेशी नागरिकता र राहदानी त्यागेर नेपाली बनी,आफ्नै देशको एक असल Tax Payer का हैसियतले कानूनी रुपमै पत्रकारिता थाल्न बिनम्र आग्रह गरेका video clip हरु youtube मा सर्च गर्दा पाउन सक्नुहुन्छ,न हाम्रो पुरानो चिनाजानी,न बिट एउटै,न एकार्काको प्रतिस्पर्धी,न त कुनै दुश्मनी नै,सम्बन्ध शत्रुतापूर्ण हुनेले कहिल्यै पनि आउनोस्, मिलिजुली देश र जनताको हित अनुकूल पत्रकारिता गरौं भन्दै यसखाले सुझाव दिँदैन !


३३ बर्षको पत्रकारिता जीवनमा हामीले थुप्रै आरोह–अवरोह झेलेका छौँ र सम्पूर्ण सञ्चारकर्मीलगायत सबै सबै देशबासीप्रति पुनः यो पनि विनम्र आग्रह गर्दछौं कि अनाहक कोही,कसैमाथि,कहिल्यै पुस्ट्याइँ बिनाका आरोप नलगाऊँ ! सस्तो आरोपले तत्काललाई TRP त बढाउला तर त्यसले इमानको स्खलन र सत्यको हत्या गराइरहेको हुन्छ ! हाम्रो पेशागत कर्म र धर्मबारे केही भ्रम भए या लेख्न मन लागे सीधै सम्पर्क गर्दा हुन्छ,सक्दो जानकारी दिन हरदम तयार छौँ,हाम्रा कुनै पनि गतिविधि अपारदर्शी छैनन्,अनि हामीले झेलेको भुक्तमान र लगाइएका झूठ आरोपहरु तथ्यको कसीमा लल्याकलुलुक गलेका उदाहरण निकट विगतमै छन् ! गल्ती नगर्दासम्म कसैले आत्तिनु पर्दैन भन्ने कुराका हामी आफै भुक्तभोगी हौं ! र,हामीले कानूनी प्रक्रियाबाटै आफूमाथिका समुच्च आरोपको न्यायिक निरुपण गरेका छौँ ! पुनश्च : video प्रकरणको वास्तविकतालाई आफ्नो निहित स्वार्थबस् तोडमरोड नगर्न र हाम्रो पेशागत आचरण तथा तपाईं हामी आफ्नै लेखनप्रति जनबिश्वासको असामयिक अवसान हुन नदिन हार्दिक अनुरोध गर्दछौँ ! वस्तुनिष्ठ आलोचना र सिर्जनात्मक सुझावको सधैं सम्मान गर्ने नै छौं !

वि.सं.२०७६ साउन ३२ शनिवार १४:५७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...