back
CTIZAN AD

विनेसामको नेपाल शाखामा अध्यक्षमा कल्पना पौडेल ‘जिज्ञासु’

वि.सं.२०७६ भदौ १ आइतवार

1.1K 

shares

विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराका साथ स्थापना भएको विश्व नेपाली साहित्य महासंघ(विनेसाम)को नेपाल शाखा कल्पना पौडेल ‘जिज्ञासु’ को अध्यक्षतामा पुर्नगठन भएको छ ।

यसैगरि वरिष्ठ उपाध्यक्षमा केवि पौडेल, उपाध्यक्षमा केशु पोखरेल खनाल, महासचिवमा अम्बिका चाम्फू, सचिवमा संजाल शर्मा, कोषाध्यक्षमा बसु श्रेष्ठ, सहसचिवमा दीपा नेपाल, सहकोषाध्यक्षमा नविन रावत चयन भएका छन् । सदस्यहरुमा दामोदर ढकाल, ढुण्डीराज ढकाल, लोकेश जलन, सीता विष्ट कार्की, सुभद्रा घिमिरे, कृष्णबहादुर केसी, बिमला अधिकारी देवकोटा, मोहन कार्की, कल्पना चाम्लिङ्ग राई चयन भएका छन् ।

नेपाली साहित्यको श्रीबृद्धिका लागि स्वदेश तथा विदेशमा रहनु हुने नेपाली साहित्यकारहरु आवद्ध यो सस्था सन् २०१० साल भानु जयन्तीको अवसर पारेर स्थापना भएको थियो भने यस संस्थाले विभिन्न देशमा २४ वटा भन्दा बढि शाखाहरु पनि स्थापना गरिसकेको छ । विश्व केन्द्रीय समितिको निर्वाचन भएको एक महिना पछि विश्व केन्द्रीय समितिका महासचिव केदार संकेतको उपस्थितिमा नेपाल शाखाको पुर्नगठन गरेको हो ।

विश्व नेपाली साहित्य महासंघका सबै शाखाहरुलाई सक्रिय गराएर नेपालमा पनि यसका उप शाखाहरु खोलिदै अगाडि बढ्नु पर्ने र नेपाली भाषा साहित्यलाई विदेशी साहित्यकारहरु माझ पुर्याउन आवश्यक रहेको महासचिव संकेतले बताउदै संस्थाले अस्ट्रेलिया शाखाको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको जानकारी गराइएको थियो ।

रमेश कंडेलको अध्यक्षतामा अगाडी बढेको भेलालाइ केबी पौडेलले स्वागत गरेका थिए भने उक्त कार्यक्रम कल्पना पौडेल ‘जिज्ञासु’ बाट संचालन गरिएको थियो ।

वि.सं.२०७६ भदौ १ आइतवार २३:०३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...