back
CTIZAN AD

नेकपाको उपत्यका इन्चार्जमा लिलामणि, को को तोकिए जबस इन्चार्जहरु ?

वि.सं.२०७६ भदौ १ आइतवार

939 

shares

१ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपत्यका विशेष कमिटी इन्चार्जमा स्थायी समित सदस्य लिलामणि पोखरेल तोकिएका छन् ।

आइतबार साँझ बसेको सचिवलाय बैठकले जनवर्गीय जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको छ ।

उपत्यका विशेष कमिटीको सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिएका छन् भने युवा तथा विद्यार्थी विशेष कमिटीमा इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराल, मजदुर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइटेल तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

यसैगरी पेशागत जिल्लाको इन्चार्जमा केशव नेपाल, सहइन्चार्जमा प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली, सचिवमा कृष्ण केसी, उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सहइन्चार्जमा शशी श्रेष्ठ र सचिव चन्द्र रिजाल छन् ।

केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्जमा छविलाल विश्वकर्मा र सहइन्चार्जमा डिलाराम आचार्य, झक्कु सुवेदी रहेको प्रवक्ता श्रेष्ठले जनाइएका छन् ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्जमा जयपुरी घर्ती र सहइन्चार्जमा विनोद श्रेष्ठ, किसानको इन्चार्जमा बामदेव गौतम र सहइन्चार्जमा सुनिल मानन्धर तोकिएका छन् ।

यसैगरी महिलाको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का तथा युवा इन्चार्जमा महेश बस्नेत र सहइन्चार्ज रामप्रसाद सापकोटा दिपशीखा छन् । त्यस्तै विद्यार्थीमा इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा विनोद ढकाल, बुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की तथा पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेल रहेका छन् ।

पार्टी स्रोतका अनुसार नेकपामा अब विभिन्न आयोग, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्च लगायतको एकता प्रकृयाको टुंगो छिट्टै लगाइने छ ।

वि.सं.२०७६ भदौ १ आइतवार २२:२९ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...