बलिउड अभिनेत्री शिल्पा सेठ्ठीले सहजरुपमा आफ्नो हातमा आएको १० करोडको काम लत्याएकी छन् ।
बलिउडमा फिट, हेल्दी र सुन्दर अभियनेत्री (जिरो फिगर) को नाम कमाएकी शिल्पाले एक आयुर्वेद कम्पनीले उनलाई सुहाउँदो काम (जुन १० करोडको रहेको थियो) लत्याएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
नियमित योगा र फिटनेशमा ध्यान दिने शिल्पालाई एक आयुर्वेद कम्पनीले आफ्नो उत्पादनको विज्ञापन गरिदिन अनुरोध गर्दै १० करोड दिने भएको थियो । तर, शिल्पाले यस्तो अफरलाई नकारेकी छन् । उनले यस्तो अफरलाई किन लत्याइन् भन्नेमा सबै अचम्म मानेपनि शिल्पाले यसलाई लत्याउनुको कारण पनि खुलाएकी छन् ।

मिड डे खबरका अनुसार शिल्पाले उक्त कम्पनीले दुब्लो हुने पिल्सको प्रचारका लागि आग्रह गरेको थियो । शिल्पा आफै पनि फिट रहेकाले उनका लागि यो ठूलो मौका पनि रहेको थियो । ‘जुन चिजमा आफैलाई विस्वास छैन, त्यस्तो चिज बेच्न चाहान्न,’ शिल्पाले यसबारेमा भनेकी छन्,‘मानिसलाई यस्तो औषधिमा लोभ पनि लाग्ला छिटो दुब्लो भइन्छ भनेर । यसमा पनि तुरुन्तै यसको असर देखिन्छ भनेर प्रचार गरिन्छ । तर, सहि खानपान र रुटिनको पालना गर्दा जुन सन्तुष्टि मिल्छ यसको कुनै विकल्प छैन । यसले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउनका लागि लामो समयसम्म काम गर्छ ।
शिल्पा आफू पनि रुटिनको पालना गर्ने गरेको बताउँदै योगाम बढी विस्वास रहेको बताउँछिन् ।

वि.सं.२०७६ भदौ २ सोमवार ११:५२ मा प्रकाशित



























