३ भदौ , काठमाडौँ । दर्ताबिना धमाधम बिक्री भइरहेका झन्डै १ हजार औषधि बजारबाट फिर्ता गर्न आषधि व्यवस्था विभागले ताकेता गरेको छ ।
विभागले दर्ता नभएका औषधि बिक्री गरे औषधि पसलको प्रमाणपत्र खारेज गर्नसम्मको चेतावनी दिएको छ ।
विभागका प्रवक्ता सन्तोष केसीले दर्ता नभई औषधि बिक्री नगर्न औषधि विक्रेतालाई अन्रोध गरे । उनले भने,‘केही लुकीछिपी पनि बिक्री भइरहेका छन् ।
बजार अनुगमनका क्रममा दर्ताबिना औषधि बिक्री गरेको पाइए औषधि बिक्री गरेको पाइए औषधि ऐन २०३५ अनुसार कारबाही हुन्छ । ’ औषधि व्यवस्था विभागका अनुसार नेपालमा १८ हजार औषधिका बान्ड दर्ता भएका छन् ।
स्रोतका अनुसार झन्डै १ हजार ब्रान्डका खाद्यपूरक औषधि, न्युट्रास्यिुटिकल, मलमजन्यलगायत औषधि दर्ताबिनै बिक्री वितरण भइरहेका छन् । विभागले दर्ता नभएका औषधि बिक्री वितरण नगर्न थोक तथा खुद्रा विक्रेतालाई अनुरोध गरेके छ । मंगलबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ भदौ ३ मंगलवार ०७:३८ मा प्रकाशित






























