back
CTIZAN AD

सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह

वि.सं.२०८२ चैत ५ बिहीवार

531 

shares

देवदह (रुपन्देही) । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला वर्गीकरण भएपश्चात् मात्र फोहोर उठाउने भएको छ । नगरपालिकाले नगरवासीलाई २०८२ चैत १७ गतेसम्म आफ्नो पसल, होटल, निजी घर, सङ्घ–संस्था र विद्यालयलगायतबाट उत्पादन हुने फोहोरहरु वर्गीकरण गर्न अनुरोध गरेको छ ।

सो मितिसम्म फोहोर वर्गीकरण नगर्ने जुनसुकै निकायको फोहोर २०८२ चैत १८ गतेदेखि सिद्धार्थनगर नगरपालिकाले नउठाउने नगर कार्यपालिकाको निर्णय रहेको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।

नगरपालिकाले कुहिने जैविक फोहोरः घरेलु फोहोरमैला (खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, सागसब्जी, पातिङ्गर, घाँस, चिया तथा कफीका अवशेष आदि कुहिने फोहोर) जस्ता सडिगली जाने प्रकृतिका घरायसी वस्तुहरु, नकुहिने (अजैविक) फोहोरः प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय सामानहरुका अवशेष जस्ता सडिगली नजाने प्रकृतिका फोहोरहरु तथा नकुहिने (अजैविक) फोहोरः सिसा, काँच, धातु, टिनलगायत सडिगली नजाने प्रकृतिका कवाडहरु वर्गीकरण गर्न अनुरोध गरेको छ ।

उल्लिखित प्रकृतिका फोहोरहरु वर्गीकरण नगरिएमा नगरपालिकाले फोहोरमैला नउठाउने र सोको व्यवस्थापन स्वयं आफैँले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । उनका अनुसार फोहोरमैला जथाभावी सडकपेटी तथा सार्वजनिक स्थलमा फालेको पाइएमा कानुनबमोजिम न्यूनतम रु पाँच हजारदेखि फोहोरको प्रकृतिअनुसार जरिवाना लाग्नेछ ।

विक्रम सिंवत् २०८२ चैत १८ गतेदेखि वर्गीकरण नभएको फोहोर सङ्कलन नहुने हुँदा सम्पूर्ण नगरवासी, होटल÷पसल व्यवसायीहरु, विद्यालय र विभिन्न सङ्घ–संस्थाहरुले फोहोर वर्गीकरण गर्ने कार्यमा सहयोग गर्नुहुन सिद्धार्थनगर नगरपालिकाले आग्रह गरेको छ । सिद्धार्थनगर नगरपालिकामा १३ वटा वडा छन् ।

वि.सं.२०८२ चैत ५ बिहीवार १४:५७ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...