back
CTIZAN AD

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

वि.सं.२०८३ असार २९ सोमवार

174 

shares

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गङ्गापुरलाई जोड्ने राप्ती नदीमा पुल नबन्दा यसक्षेत्रका हजारौ नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको यादवले बताए ।

उहाँका अनुसार, राप्तीपारिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दा खेतबारीको काम, आफन्त भेटघाट तथा हाटबजारका लागि दैनिक रूपमा डुङ्गा चढेर नदी वारपार गर्ने गर्दछन् । राप्तीसोनारी गाउँपालिका–७ को खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दाले नियमित रूपमा डुङ्गा प्रयोग गर्दै आएका छन् ।

राप्ती सोनारी–७ खल्ला झगडिया नयाँबस्तीका शङ्कर यादवले पक्की पुल प्रयोग गर्न सिधनियाघाट पुग्न निकै टाढा पर्ने भएकाले डुङ्गा चढ्नु बाध्यता भएको बताउनुभयो । नदी तटीय क्षेत्रका नागरिकको खेती किसानी समेत राप्ती नदी वारि र पारि हुने भएकाले यतिबेला धानको बीउ राप्ने कामको लागि पनि डुङ्गाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको यादवले जानकारी दिनुभयो ।

“नदी तर्न पक्की पुलसम्म पुग्न धेरै टाढा जानुपर्छ । यता झोलुङ्गे पुल पनि छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प छैन”, उनले भने, “हिउँद होस् वा वर्षात्, हामी डुङ्गाबाटै राप्ती नदी वारपार गर्नुपर्ने बाध्यता छ ।”

डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटइपूर्वा, टेपरी, पिप्रहवा, खडैचा, कन्दइपूर्वा, सन्तलिया र नयाँबस्तीका सयौँ बासिन्दाका लागि डुङ्गामार्फत राप्ती नदी वारपार गर्नु दैनिकी बनेको होलियाका स्थानीय अगुवा झगरु लोनियाले बताए ।

हिउँदको समयमा नदीका कम पानी हुने भएकाले डुङ्गामा सहज यात्रा हुने भए पनि बर्सातमा राप्ती नदीमा बाढी आउने भएकाले नदी वारपार गर्न डुङ्गामा जोखिमपूर्ण हुने गरेको उनको भनाइ छ ।

नदी वारपारको लागि खल्ला झगडिया गाउँ नजिकै डुङ्गा सधैँ तयारी अवस्थामा राखिएको हुन्छ । डुङ्गाचालक नानबाबु पासीका अनुसार, नदी तारेबापत प्रतिव्यक्ति रु १० शुल्क लिने गरिएको छ । गाईभैँसीका लागि रु २०, साइकलका लागि रु १५ र मोटरसाइकलका लागि रु ६० शुल्क लाग्छ । एकपटकमा ५० देखि ६० जनासम्म यात्रु तथा मालसामान नदी पार गराउन सकिने उनले बताए ।

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा किनमेलका लागि नेपाली गाउँका सयौँ नागरिक पुग्ने गर्छन् । डुडुवा गाउँपालिकाको होलिया, बेतहनी तथा राप्तीसोनारीको फत्तेपुर, नरैनापुरको गङ्गपुर र मटेहियालगायत क्षेत्रका बासिन्दा डुङ्गा तरेर हाटबजार जाने गरेका छन् ।

भारतीय बजारमा तरकारी तथा अन्य उपभोग्य वस्तु तुलनात्मक रूपमा सस्तो पाइने भएकाले धेरै स्थानीय त्यहाँ किनमेलका लागि जाने गरेको डुङ्गाचालक पासीले बताए ।

तटीय क्षेत्रका नागरिकले राप्ती नदीको डुबान, कटान र जोखिमपूर्ण यात्रा समस्याको दीर्घकालीन समाधानका लागि मटेहिया र होलियालाई जोड्ने पुल निर्माणको माग गर्दै आएका छन् । बाँके क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणको योजना कार्यान्वयनको लागि आफूले पहल गरिरहेको बताए ।

वि.सं.२०८३ असार २९ सोमवार ११:२८ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...