back
CTIZAN AD

काठमाण्डौं प्रहरीले निकितालाई भन्यो-‘उजुरी दिन चितवन जानुस्’

वि.सं.२०७६ भदौ ४ बुधवार

921 

shares

४ भदौ, काठमाण्डौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणको भिडियो किर्ते गरेको भन्दै जनआस्थाका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका संकेत कोइराला र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ल विरुद्ध उजुरी दिन गएकी रवि लामिछानेकी पत्नी निकिता पौडेललाई काठमाण्डौं प्रहरीले चितवन जान आग्रह गरेको छ ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेल आफ्ना वकिलसँगै भिडियो किर्ते गरेको आरोपमा उजुरी लिएर काठमाण्डौं प्रहरी परिसरमा गएपनि प्रहरीले घटना चितवनकै भएको हुनाले चितवनमै दर्ता गर्न सुझाव दिएको बताइएको छ ।

काठमाण्डौं प्रहरीले शालिकराम पुडासैनीको आत्महत्याको घटना र भिडियो पनि चितवन प्रहरीले नै अनुसन्धान गरिरहेकोले उतै उजरी दिन सल्लाह दिएको बताइएको छ ।

भिडियो किर्ते गरेको आरोपमा तीनजनाविरुद्ध निकिताले काठमाण्डौं प्रहरीमा उजुरी दिन गएको भनिएपनि उजुरी दर्ता नभएपछि उनीहरु फर्किएका थिए ।

महानगरीय प्रहरी परिसर प्रवक्ता तथा एसएसपी श्यामलाल ज्ञवालीले यो केश चितवनको भएकोले उतै उजुरी दर्ता गर्न सुझाव दिएको संसारन्युजलाई जानकारी दिएका छन् । ‘हामीले यहाँ दर्ता गर्न मिल्दैन, यो चितवनको केश हो, उहाँहरुलाई उतै जान सुझाएका छौं । उहाँहरु अहिले उजुरी लिएर सरकारी वकिलको कार्यालयमा जानुभएको छ ।’

वि.सं.२०७६ भदौ ४ बुधवार १८:२१ मा प्रकाशित

बालयोगीको ‘कस्मिक ऊर्जा’बाट अभिसिञ्चित समृद्धि स्कुल : त्यागी अनिल मारुतको मार्गनिर्देशनमा आध्यात्मिक अभ्यासको नयाँ आयाम

बालयोगीको ‘कस्मिक ऊर्जा’बाट अभिसिञ्चित समृद्धि स्कुल : त्यागी अनिल मारुतको मार्गनिर्देशनमा आध्यात्मिक अभ्यासको नयाँ आयाम

काठमाडौँ। भौतिकवादी शिक्षाको तीव्र प्रतिस्पर्धाबीच काठमाडौँस्थित समृद्धि स्कुलले अध्यात्म र...

इरान-इजरायल-अमेरिकी द्वन्द्व र नेपालमा सम्भावित प्रभाव र व्यवस्थापनको मार्गचित्र

इरान-इजरायल-अमेरिकी द्वन्द्व र नेपालमा सम्भावित प्रभाव र व्यवस्थापनको मार्गचित्र

मध्यपूर्वमा पछिल्ला वर्षहरूमा बढ्दो सैन्य तनावले विश्व राजनीतिलाई नयाँ मोडमा...

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको...

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६०...

पृथ्वीराजमार्गः ४१ किमी पूरा

पृथ्वीराजमार्गः ४१ किमी पूरा

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...