back
CTIZAN AD

राष्ट्रिय प्रजातन्त्र पार्टीको  केन्द्रीय कार्यसमिति बैठक सुरु

वि.सं.२०७३ मंसिर ८ बुधवार

888 

shares

८ मङ्सिर,काठमाडौँ। एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज सुरु भएको छ ।

एकीकरणपछि पार्टीको पहिलोपटक सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकले दुई पार्टीबीच भएको एकताको सन्देश देशका ७५ जिल्लामा पु¥याउन विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने विषय तथा दुई पार्टीको एकताको आधार र निर्देशिका बनाउन समिति गठन गर्नेछ ।

पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी करिब ३०० जनाको सहभागितामा बस्ने केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल तथा संविधान संशोधनका विषयमा पार्टी खेल्नुपर्ने भूमिकाका बारेमा धारणा बनाउने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

गएको सोमबार राप्रपा नेपाल राप्रपामा एकीकरण भएपछि बसेको उक्त बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

सो प्रतिवेदनमाथि पार्टीका नेताले छलफलका लागि बोल्ने क्रम सुरु भएको छ । बैठकले चाँडो महाधिवेशन सम्पन्न गर्नका लागि छलफलसमेत गर्ने भएकाले महत्वका साथ हेरिएको छ । रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार ०९:३१ मा प्रकाशित

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...