back

‘पाँच नम्बर प्रदेश टुक्राए कडा प्रतिवाद गर्ने सरोकारवालाको चेतावनी

वि.सं.२०७३ मंसिर ८ बुधवार

660 

shares

८ मङ्सिर,अर्घाखाँची । पाँच नम्बर प्रदेश टुक्राउने चलखेल भैरहेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी जिल्लास्थित विभिन्न राजनीतिक दल र सरोकारवालाले दिएका छन ।

पहाड र तराई भनेको घर र बँेसी जस्तै भएकोले तराई र पहाडलाई अलग गर्न नहुने भन्दै उनीहरुले तराईका जिल्लाबाट गुल्मी, पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए ।

पाँच नम्बर प्रदेश टुक्राउन नपाइने माग गर्दै उनीहरुले आज संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले संयुक्त रुपमा सन्धिखर्कमा आयोजना गरेको ‘पाँच नम्बर प्रदेश टुक्राउन नदिने’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले सङ्घीय पुनः संरचनाको नाममा वा कुनै पनि बहानामा पाँच नम्बर प्रदेशलाई टुक्राउने र तराईका जिल्लाबाट गुल्मी पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेटन खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए ।

पहाड तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुुक्त भएको बताउँदै उहाँले यसलाई टुक्राउन नहुने भन्नुभयो ।

नेकपा (एमाले)का अध्यक्ष चेतनारायण आचार्यले देशी विदेशीको इसारामा अहिले सरकार पाँच नम्बर प्रदेशलाई टुक्राउन लागि परेको चर्चागर्दै यो प्रदेश टुक्राउन खोजे त्यसको प्रतिकार गर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला सहसंयोजक छमकुमारी खनालले कुनै बहानमा पाँच नम्बर प्रदेश टुक्राउन नहुने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले सङ्घीयता मुलुकमा टिक्न नसक्ने बताउँदै सङ्घीयताको उपज नै अहिले मूलुक र जिल्ला टुक्राउने चलखेल भएको धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सोभाखर पन्थी र उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीका महासचिव नेत्रप्रसाद भुसाल लगायतले कुनै पनि हालतमा यो प्रदेशलाई टुक्राउन नहुनेमा जोड दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार ०९:३० मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...