back
CTIZAN AD

रङ्गशाला बनाउन विदेशमा बस्ने चितवनेले जुटे

वि.सं.२०७३ मंसिर ८ बुधवार

795 

shares

 ८ मङ्सिर, रत्ननगर (चितवन)। चितवन नगरपालिकामा रङ्गशाला निर्माणका लागि विदेशमा बस्ने चितवनका वासिन्दाले सामाजिक सञ्जालमार्फत आर्थ सङ्कलन अभियान सुरु गरेका छन् ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का केन्द्रीय सदस्य सोमप्रसाद सापकोटाको नेतृत्वमा सामाजिक सञ्जालमार्फत सो अभियान थालिएको हो ।
यही शनिबारबाट सुरु भएको अभियानमा आजसम्म रु १० लाख सङ्कलन भएको अभियानका अन्तर्राष्ट्रिय संयोजक सापकोटाले जानकारी दिनभयो । उहाँका अनुसार एक महिनासम्म सञ्चालन हुने सो अभियानका लागि विभिन्न देशमा संयोजक समेत तोकिएको छ ।

सो अभियानका लागि मिडिया संयोजक विष्णु चापागार्इँलाई तोकिएको छ । कतार संयोजकमा प्रकाश अर्याल, युएईमा गणेश न्यौपाने र सुनिल पौडेल, बहराइनमा वेदराज पौडेल, इजरायलमा शान्ता ज्ञवाली र नयन सापकोटा, मलेसियामा रवी भट्टलाई संयोजक तोकिएको छ ।

यस्तै कुबेतमा डिबि लोप्चन र नवीन लोप्चन, साइप्रसमा जोशु पुन मगर र कविता ढकाल, कोरियामा सुलभ पोखरेल र दिलकुमार श्रेष्ठ, आयरल्यान्डमा चेतराज वली, चेक रिपल्लिकमा जीतेन्द्र रायमाझी तथा बेल्जियममा कृष्णप्रसाद रेग्मीलाई संयोजक तोकिएको छ ।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा थालिएको अभियानमा सहयोग पु¥याउन अपिल गरिएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताउनुभयो ।

रङ्गशालाका लागि आर्थिक रकम सङ्कलनपछि तुरुन्तै भरतपुरस्थित प्रदर्शनी केन्द्र निर्माणका लागि अभियान चलाइने उहाँले बताउनुभयो ।

नेपाल सरकारको एक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान बनाउने अवधारणाअनुसार यहाँ निर्माण सुरु भएको खेलकुद मैदानका लागि करिब रु तीन करोड खर्च लाग्ने अनुमान छ ।

चित्रवन रङ्गशाला निर्माण समिति र चित्रवन युवा तथा खेलकुद विकास समितिले चित्रवन नगरपालिका–५ गौचरनमा १० बिगाहा क्षेत्रमा रङ्शाला शिलान्यास गरेर निर्माण थालेको हो ।

हाइजम्प, लङजम्प, फुटबल, भलिबल कोर्ट निर्माण भइसकेको रङ्गशाला निर्माण समितिका अध्यक्ष टुकमान गुरुङले जानकारी दिनुभयो । ‘सर्वदलीय निर्णयबाटै काम थालिएको छ, गुरुङले भन्नुभयो, सरकारबाट रु १५ लाख सहयोग समेत आइसक्यो ।”

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गङ्गा लामाले क्षेत्रीयस्तरको रङ्गशालाका लागि समितिमार्फत पनि सहयोग सङ्कलन भइरहेको बताउनुभयो । यहाँ ९५ मिटरको प्याराफिट बनाइने छ । करिब तीन हजारदर्शक अट्ने गरी रङ्गशाला निर्माण थालिएको निर्माण समितिले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार १३:०६ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...