back
CTIZAN AD

अल्ट्रालाइट दुर्घटना,रसियन पाइलटको मृत्यु

वि.सं.२०७३ मंसिर ८ बुधवार

1.2K 

shares

 ultra

८ मङ्सिर, पोखरा  । ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लबले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी एभिया क्लबमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो ।

आज बिहान कास्कीकोटको लौरुकस्थित आफ्नै हवाइ मैदानमा भएको दुर्घटनामा क्यानेडियाली महिला जिलेनी भोल्कर घाइते भएको उहाँले जानकारी दिनुभयो ।

एभिया क्लबका अनुसार म्याक्सिमोभ १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट हुनुहुन्छ ।

अल्ट्रालाइट जहाजले पुछारमा अड्याइएको मसिनो डोरीले तानेर उचाइमा पु¥याएपछि ह्याङग्लाइडिङ छाडिदिन्छ । त्यसपछि ह्याङग्लाइडिङ स्वतन्त्ररुपमा उड्न सक्छ । पर्यटक सवार ह्याङग्लाइडिङलाई तानेर उडाउने क्रममा म्याक्सिमोभले उडाएको जहाजले सन्तुलन गुमाउँदा दुर्घटना भएको थियो ।

अल्ट्रालाइटले तानेको ह्याङग्लाइडिङको डोरी चुडिएपछि जहाजले सन्तुलन गुमाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारीले जानकारी दिनुभयो । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार १२:५३ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...