
१९ भदौ, मलेसिया । बिलासीप्रेमि मलेसियन एक व्यक्तिले सुनको विमान निमाणर््ा गरेका छन् ।
सुन्दै अच्चम लाग्ने काम गरेका हुन् मलेसियन सुल्तान हसनल इब्राहिमले । उनले सुनको विमान निमार्ण मात्र गरेका छैनन्, त्यस विमानमा आफ्नी श्रीमती सहित मलेसियन एयरपोर्टबाट उडान समेत भरेका छन् । सुल्तान आफै पनि एक सक्षम पाइलट भएको बताइएको छ ।
सो विमानमा २० देखि २५ जना सम्म यात्रा गर्न सक्ने उनले बताएका छन् । सुल्तानलाइ महंगा कार कलेक्शन गर्ने सोख रहेका उनले आफ्नो ग्यारेजमा ७००० शानदार कारहरु राखेका छन् । सुन्दा पनि अचम्म लाग्न सक्छ उनको ग्यारेजको लम्बाइ–चैडाइ पाँच एयरक्राफट ह्यांगर बराबरको छ ।
सुल्तानसगँ आफनै बोइंग ७४७–४०० विमान रहेका छन । जुन कुनै महल भन्दा कम छैनन् । जसमा लिविंग रुम, बेडरुम सहित अन्य थुप्रै सुविधाहरु समावेश रहेको पनि बताइएको छ ।
यसबाहेक उनीसगँ एक एयर बस ए ३४०-२०० पनि छ जसमा २६१ जना यात्रु बस्न सक्ने सुविधा छ । सुल्तानको नाम संसारकै सबैभन्दा धनी व्यतिm हरुमध्येमा आउछ, उनको कुल सम्पति १.२४ लाख करोड रुपैयाँ रहेको बताइन्छ । ऐजेन्सी
वि.सं.२०७६ भदौ १९ बिहीवार १३:४६ मा प्रकाशित