१९ भाद्र, काठमाडौँ । सातवटा निजी विद्यालय रहेको काठमाडौँ महानगरपालीका वडा नं. २ मा एउटै सरकारी विद्यालयनै छैनन् । लाजीम्पाट क्षेत्रको ‘भीआइपी’ बस्ती समेत रहेको यस वडामा एउटै सरकारी विद्यालय नभएको वडा कार्यालयले जनाएको छ ।
यस वडाका प्राय कसैले आफ्ना छोराछोरीहरूलाई सरकारी विद्यालय नपढाउने भएकोले वडा सरकारी विद्यालय विहीन भएको बताइएको छ । वडावासी ‘भिआइपी’ हरूको घरमा काम गर्ने विद्यार्थीहरूलाई नजिकको वडाका विद्यालय पढाउने गरीन्छ ।
यस वडाबाट नजिकमा लैनचौरको शान्ति विद्याश्रम र श्री गणेश मावी रहेका छन् । यस्तै पुर्वमा नन्दीरात्री मावी र उत्तरमा महेन्द्र मावी वालुवाटार र रानीवारी विद्यालय रहेका छन् ।
कुल १३ हजार ४ सय ४८ जनसंख्या रहेको यस वडाको सीमाना पूर्वमा भाटभटेनी देखि पश्चिममा एम्वासेइड होटेल रहेको छ । यस्तै उत्तरमा होटल साङग्रीला र वालुवाटार क्षेत्र पर्दछन् भने दक्षिण नाराहिटी संग्रहालयको उत्तर ढोका पर्दछ । यस वडामा ९० प्रतिशत साक्षरता रहेको वताइएको छ ।
वि.सं.२०७६ भदौ १९ बिहीवार १३:४० मा प्रकाशित