back
CTIZAN AD

श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो

वि.सं.२०७६ भदौ २० शुक्रवार

732 

shares

२० भदौ, खोेटाङ । श्रीमान्ले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । प्रहरीका अनुसार हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सीतारामलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोद खेरवालले जानकारी दिए । राई दम्पतीको एक छोरा छन् । (रासस)

वि.सं.२०७६ भदौ २० शुक्रवार ११:१३ मा प्रकाशित

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

इलाम । माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै...