back
CTIZAN AD

संस्कृत भाषा र पूर्वीय दर्शन कक्षा शुरु

वि.सं.२०७६ भदौ २१ शनिवार

1.2K 

shares

२१ भाद्र, काठमाडौँ । पूर्वीय वाङ्मय प्रतिष्ठानको आयोजनामा शनिबारदेखि यहाँ संस्कृत भाषा र पूर्वीय दर्शन विषयको सातौँ सत्रको कक्षा शुरु भएको छ । सो कक्षामा संस्कृत भाषा, देवनागरी लिपिका अक्षर र शब्द संरचना तथा पूर्वीय वाङ्मयका स्रोत, वेद, गीता, वैदिक समाज, संस्कार, मानव विकासक्रम, आत्मा, आयुर्वेद आदि विषयमा ज्ञान दिइनेछ ।
डा लक्ष्मणप्रसाद गौतम र डा नारायण गड्तौलाले हरेक शनिबार दिने सो प्रशिक्षणमा प्राध्यापक, शिक्षक, निजामती सेवाका कर्मचारी, औषधि व्यवसायी, लेखा परीक्षक, पत्रकार, विद्यार्थी, व्यापारी, गैससकर्मी आदि गरी १७ जनाको सहभागिता छ । हजारौँ वर्ष लामो इतिहास बोकेको भाषाहरूको जननी मानिने संस्कृत भाषा र जीवन्त सभ्यता, अमूल्य संस्कृति र ज्ञानविज्ञानको धनी पूर्वीय वाङ्मयको पुर्नजागरण गर्ने प्रतिष्ठानको प्रयास रहेको कार्यक्रम संयोजक विवेक घिमिरेले बताए । अठार –२० दिनको सो कक्षाबाट संस्कृत भाषा सामान्य बोल्न र राम्रोसँग अर्थ लगाउन सकिने उनको भनाइ छ । प्रशिक्षक डा सङ्ग्रौलाले समग्र विधाको मूल संस्कृत भाषा र पूर्वीय दर्शन नै भएको बताउँदै अहिलेको ज्ञान अनुसन्धानमा आधारित हुनुपर्ने र त्यसले सन्देह जगाउनुपर्नेमा जोड दिए।

वि.सं.२०७६ भदौ २१ शनिवार १४:१३ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...