back
CTIZAN AD

यसरी लाग्दैछन् बाल विवाह रोक्ने अभियानमा किशोरी

वि.सं.२०७३ मंसिर १० शुक्रवार

1.1K 

shares

१० मङ्सिर,फलेवास (पर्वत) । चित्रे गाविस– ८ की रितु सुनार १४ वर्षकै कलिलो उमेरमा छिमेकी किशोरसँग विवाह गरिन् । विवाह गरेको केही महिनापछि उनी गर्भवती भइन् । उमेर नपुगिकन विवाह भएकाले उनमा थुप्रै खालका स्वास्थ्य समस्या देखिए ।

बच्चा पनि जन्मियो तर ‘बच्चा जन्माउन निकै समस्या र आर्थिक बोझ समेत व्यहोर्नु प¥यो’ उनले भनिन् । उनको पहिलो सन्तान पाँच वर्ष र दोस्रो एक वर्षको काखमा छ ।

उनीमात्रै होइन, सोही गाउँकी शिला सुनार १५ वर्ष र शान्ति विक १४ वर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाँधिन । विवाहपछि दुबै जनामा थुप्रै स्वास्थ्य समस्या देखिएका छन् ।

सिङ्गै गाउँमै बालविवाह गर्ने लहर बढ्दै जाँदा समाजमा विकृति फैलिएको ठहर गर्दै यस बिरुद्ध पछिल्लो समयमा स्थानीय किशोरी सक्रिय भएका छन् । बालविवाह रोकी स्वच्छ र सवल समाज निर्माण गर्ने उद्देश्यले स्थानीय किशोरी एकजुट भएर यसका बिरुद्ध सचेतना अभियान सञ्चालन गरेका छन् ।

यसका लागि १४ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवती मिलेर भूमी युवा महिला समूह समेत गठन गरेकि छिन् ।

दलित बस्ती रहेको सो वडामा झन्डै दुई दर्जन घरपरिवार रहेका छन् । एकातिर आर्थिक रुपमा विपन्न परिवार र अर्कोतिर शिक्षाका कमीका कारण बिगतमा उक्त बस्तीमा बालविवाह दर बढ्दो थियो । बालविवाहका कारण सामाजिक र स्वास्थ्य क्षेत्रमा प्रतिकूल प्रभाव देखिनथालेपछि आफूहरु यो अभियानमा जुटेको समूहकी अध्यक्ष सन्तोषी विकले बताइन् ।

अभियान सञ्चालन गरेपछि अहिले बस्तीमा बालविवाहमा उल्लेखनीय कमि आएको छ, उनले भनिन्– विगत दुई वर्ष अघिसम्म गाउँमा बालविवाह गर्ने किशोर किशोरीको सङ्ख्या ह्वात्तै बढेको थियो तर अहिले त्यसमा धेरै कमी आएको छ ।

समूहमा १२ जना सदस्य छन् । सबै सदस्यले गाउँका १४ वर्ष उमेर पुगेका किशोरीलाई बालविवाह, घरेलु हिंसालगायतका सम्बन्धमा सचेतना फैलाउने कार्य गर्छन् । यसका साथै उनीहरुले १४ वर्ष उमेरका किशोरीलाई आयआर्जनका क्रियाकलापमा सहभागी गराउने र विद्यालय बाहिर रहेका वालिकालाई विभिन्न स्रोत जुटाएर विद्यालयसम्म पु¥याउने अभियान समेत सुरु गरेकी छिन् ।

अभियानमा प्लान इन्टरनेसनल नेपाल र इन्प्रेड नेपाल पर्वतले समेत हातेमालो गरेको छ । बस्तीका किसोरीहरुका लागि आयआर्जनका क्रियाकलाप, किशोरी शिक्षा र विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाई बालविवाह रोक्ने अभियान थालिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक ऋषिराम पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो “उक्त कार्यक्रम लागू भएपछि अहिले गाउँमा बालविवाह कमि आउनुकासाथै स्थानीय बालबालिका तथा अभिभावकमा समेत यस सम्बन्धी चेतना वृद्धि भएको छ । ‘२० वर्ष पारी बिहेबारी’ भन्ने नारालाई यो बस्तीमा लागू गर्न सफल भएको उनको अनुभव छ ।

स्थानीय जीवनज्योति प्राविका प्रद्यानाध्यापक तारानाथ पौडेलले दलित समुदायमा विकृतिको रुपमा रहेको बालविवाह पछिल्लो समयमा प्रायः हटेर गएको बताउनुभयो । उहाँले भन्नुभयो – बालबालिका शिक्षाको पहुँचभित्र पुगेको र चेतनास्तर वृद्धि भएका कारण बालविवाह जस्तो गैरकानुनी गतिविधि पनि हुन छाडेका छन् ।

महिला समूहकी सचिव विनिता विक अहिले कक्षा १२ मा अध्ययनरत छिन् । उनी उक्त दलित समुदायमा सबैभन्दा धेरै पढ्नेमध्येकी एक हुन् । उनी भन्छिन् – बिगतमा शिक्षाकै कमीका कारण आफ्नो गाउँमा बालविवाह गर्ने प्रथा बढेको थियो तर शिक्षा र चेतना बृद्धिसंगै अहिले बालविवाह हटेर गएको छ । समूहमा आवद्ध युवतीहरुले आफ्नो खाजाखर्च कटाएर मासिक बचत समेत गर्ने थालेकि छिन् ।

अहिले समूहमा रु १७ हजार बचत भएको छ । उक्त रकम मासिक रुपमा सस्तो ब्याजदरमा लगानी गर्ने र अन्य आयआर्जनका क्रियाकलापमा समेत खर्चिने छन् ।

गाउँमा युवती तथा किशोरी एक जुट भएर अभियान थालेपछि बालविवाह बिरुद्ध अभिभावक समेत सचेत हुन थालेका छन् । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०८:१० मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...