back
CTIZAN AD

सकारात्मक सोचले मात्र राष्ट्र निर्माण गर्न सकिन्छ: अध्यक्ष ठाकुर

वि.सं.२०७३ मंसिर १० शुक्रवार

984 

shares

mahant-thakur

१० मङ्सिर,पर्सा। वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालित ‘योग विज्ञान शिविर २०७३’ को दोस्रो दिनको आज मधेस केन्द्रित दलका नेताले उद्घाटन गरेका छन् ।

पतञ्जलि योगपिठ नेपालद्वारा आयोजित उक्त योग शिविरको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो अबसरमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले स्वास्थ्य शरीरमा स्वास्थ्य विचारले वास गर्ने र स्वास्थ्य विचारले मात्र समाज र राष्ट्रलाई भलो गर्ने बताउनुभयो ।

यो शिविरले शरीरमा देखिएको स्वास्थ्य समस्या मात्र समाधान गर्दैन्, यसले व्यक्तिको सोचलाई सकारात्मक बनाउने काम समेत गर्छ, उहाँले भन्नुभयो – ‘सकारात्मक सोचले मात्र समाज र राष्ट्रलाई निर्माण गर्न सकिन्छ ।’

शिविरका सहभागीलाई योगका आसनको प्रशिक्षण दिँदै पतञ्जलि योग पिठका संस्थापक अध्यक्ष योग गुरु स्वामी रामदेवले स्वस्थ्य शरीरमा स्वास्थ्य विचारले वास गर्ने र स्वास्थ्य विचारले नै मानव सभ्यताको विकास क्रमलाई आगडि बढाउन सकिने बताउनुभयो ।

उहाँले हिमाली, पहाडी र मधेसी भन्दा पनि नेपाली भएको भावनाले मुलुकको एकतालाई बलियो बनाउने हुँदा राष्ट्र विकासका लागि सबै नेपालीलाई एकतावद्ध भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

“योगले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतालाई बढाइ रोगी हुनबाट बचाउने काम मात्र नगरी व्यक्तिको नकारात्मक सोचलाई समेत नष्ठ गरी देश जनता र समाजप्रति जिम्मेवार बनाउने काम गर्छ” स्वामी रामदेवले भन्नुभयो –“स्वास्थ्य समाज निर्माणका लागि स्वास्थ्य विचार, अध्यात्ममा विश्वास, व्यक्तिलाई इमादार तथा निष्ठावान हुन आवश्यक रहेकाले आफू विश्वभरी योग शिविरको अयोजना गरी यिनै विशेषतालाई योगको मध्यमले व्यक्तिमा प्रविष्ट गराउने काम गरिरहेको छु ।”

उहाँले विश्वभरीको मानव कल्याण नै शान्ति, सुविचार, अहिंसामा केन्द्रित भएकाले एकता, राष्ट्र प्रेम, सु–स्वास्थ्य र सुविचारको सन्देशलाई विश्वभरी भ्रमण गरी छर्ने काम गर्दै आएको भन्नुभयो ।

बिहान ५ बजे सुरु भएको योग शिविरमा करिब सात हजार सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

शिविरमा नेपालको बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन तथा भारतको सीमावर्ती सहर रक्सौल, सुनौली, रमगढवालगायतका स्थानबाट सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०८:१५ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...